चीनको सिछुवानका संस्थाद्वारा नेपाललाई पिपिइ र मास्क प्रदान

काठमाडौं । चीनको सिछुवान प्रान्तका दुई संस्थाले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
सो प्रान्तको अन्तर्राष्ट्रिय जनमैत्री संघ तथा छन्तु एआइडिआइ आँखा अस्पतालले एक लाख मास्क र एक हजार पिपिइ छन्तुस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलाई शुक्रबार हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रमा महावाणिज्यदूत घिमिरेले कोभिड–१९ को महामारीविरुद्ध लड्न सहयोग पुग्ने सामग्री उपलब्ध गराएकामा धन्यवाद दिंदै भर्खर स्थापना भएको नेपाली नियोगले दुबै देशबीचको स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप प्रवर्दन गर्ने विश्वास दिलाए ।
यस्ता सहयोग आदान प्रदान कार्यले दुवै देशबीचको सम्वन्ध जनस्तरमा समेत सुदृढीकरणमा थप योगदान पुग्ने उनको भनाइ थियो ।
अस्पतालकी प्रमुख कार्यकारी अधिकृत चाङ यौले आँखा उपचारको क्षेत्रमा अस्पतालले नेपालमा कैयौं परियोजना सञ्चालन गरेको जानकारी दिंदै अनुदानमा दिइएका सामग्री कोरोनाविरुद्धको लडाईँमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
सो अवसरमा जनमैत्री संघका महासचिव सियाङ छियोङह्वा, वाणिज्यदूत रीचा भट्टराई, छन्तु नगरपालिका स्वास्थ्य परिषद्की शन तान तथा अस्पतालका अन्य पदाधिकारीको सहभागीता रहेको महावाणिज्यदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
















नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया