८ मन्त्रीसहित २ राज्यमन्त्री लिएर जसपाका ठाकुर पक्ष सरकारमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षको भेटवार्ता सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म चलेको थियो ।
छलफलमा जसपा सरकारमा जाने टुंगो लागेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार सुरुको चरणमा जसपाबाट ७ मन्त्री र दुई राज्यमन्त्रीमा कुरा चलेको छ । यस्तै, पछि एक मन्त्री थप्ने गरी छलफल टुंगिएको छ ।
ती नेताका अनुसार जसपामा देखिएको विवाद चाँडो टुंगोमा पुर्याएर सरकारमा सहभागी बन्ने भएको हो । बैठकमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा सहभागी नेता कार्यकर्तामाथि लागेका केही मुद्दा फिर्ताबारेमा समते कुरा भएको छ ।
यस्तै, बैठकमा सहभागी नेकपा एमालेका नेता सुवाङ नेम्वाङले जसपाको पहिलेकै मागको निरन्तरता भएको बताए । उनका अनुसार प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा आउन आग्रह गरेका हुन् ।


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया