मंगलबार, वैशाख १५, २०८३

नेपालमा वार्षिक २७ हजारभन्दा बढीको सुर्तिजन्य पदार्थ सेवनबाट मृत्यु

मेरोन्यूज २०७८ जेठ १७ गते १५:२८


काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाले सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण ज्यान गुमाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट बार्षिक २७ हजार १३७ जनाले सुर्तिजन्य पदार्थको सेवनबाट ज्यान गुमाउने गरेको देखिएको छ ।
धुम्रपान तथा सुर्तीजन्य पदार्थ त्याग गरेको २० मिनेटभित्र मुटुको धड्कनमा सुधार आउँछ । भने १२ घण्टाभित्र रगतमा कार्बोनमोनोअक्साइडको मात्रा कम भई रक्तचाप सामान्य अवस्थामा फर्किने बरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिल बताउँछन् । सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने क्यान्सर,मुटु,मधुमेह र दिर्घ श्वासप्रश्वास जस्ता रोग लाग्ने बरिष्ठ मृगौला रोग विशेषज्ञ डा.दिव्यासिंह शाहले बताइन् ।

Advertisement
NiccNicc

नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ जारी गरिएको छ । ऐनअनुसार सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिजन्य पदार्थ सेवन गरेमा एकसय रुपैयाँ जरिवाना वा हाताबाट निष्कासन वा दुबै सजाय हुनसक्ने, कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न नपाइने यदि गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने प्रावधान छ ।
१८ वर्षभन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ विक्रीवितरण गर्न गराउन वा निःशुल्क उपलव्ध गराउन नपाइने, यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न नपाइने लगायत ८ वटा प्रावधान राखिएको छ ।

यसैगरी, विश्वमा वार्षिक ८० लाखभन्दा बढी मानिसको ज्यान सुर्तिजन्य पदार्थको सेवनका कारण जाने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । विश्वभर ७८ करोडभन्दा बढी मानिसले सुर्तिजन्य पदार्थ प्रयोगलाई त्याग्न खोजिरहेको तर ती मध्ये एक तिहाइभन्दा कमले मात्रै त्याग्नका लागि सही परामर्श वा वातावरण पाएको संगठनको तथ्यांक छ । संगठनका अनुसार विश्वमा १२ लाख व्यक्तिहरुको अन्यले प्रयोग गरेको धुँवाका कारण मृत्यु हुने गरेको देखिएको छ ।

प्रतिक्रिया