क्रुर मानव
एक डाक्टर, जसले २५० विरामीको हत्या गरे
आफ्नो विरामीको मृत्यु देखेर खुसी हुने डाक्टर

काठमाडौँ । अपराधको जगतमा यस्ता धेरै क्रुर व्यक्तिहरू हुन्छन् । जसले आफ्नो स्वार्थ पूरा गर्न वा मानसिक असन्तुलनका कारण ठूला तथा अकल्पनीय अपराध गर्ने गर्दछ ।
इतिहासमा यस्ता धेरै सिरियल किलरहरु छन् । जसले धेरैभन्दा धेरै मानिसको हत्या गरेका छन् । शासकदेखि रैतीसम्मले यस्ता हत्या गरेको इतिहासमा देख्न सक्दछौँ ।
यसमध्ये मानिसको ज्यान बचाउने डाक्टर नै हत्या गर्न तम्सिएको क्रर व्यक्ति पनि रहेका छन् । सामान्यत डाक्टरलाई भगवानपछिको दर्जामा राखिन्छ । तर, डाक्टरले नै २५० व्यक्तिको हत्या गरे । उनी हुन्, हारोल्ड शिपमैन ।
हारोल्डको जन्म १४ जनवरी १९४६ इंग्ल्याण्डको निटिनघममा भएको हो । उनको जन्म सामान्य परिवारमा भएको पाइन्छ । सामान्यतया उनी ‘द एञ्जल अफ डेथ’ र ‘डाक्टर डेथ’का रुपमा परिचित छन् । उनी सानैदेखि तृष्ण बुद्धिका थिए ।

सानै उमेरदेखि मेडिकल क्षेत्रमा रुची राख्ने उनले त्यसै विषयको अध्ययन गरे । र, सन् १९७० मा उनले लिड्स युनिभर्सिटीबाट मेडिकल डिग्री लिए । मेडिकल डिग्री लिएको केही वर्षपछि उनी मेडिकल क्षेत्रमा अभ्यासकर्ताका रुपमा टोडमोर्डनमा काम शुरु गरे ।
टोडमोर्डनमा अभ्यासकर्ताका रुपमा गएका उनलाई त्यहाँ काम गरेको केही समयमा विरामीहरूलाई गलत रुपमा उपचार गरेको पत्ता लागेपछि त्यहाँबाट निकालिएको थियो । सन् १९७० देखि मेडिकल क्षेत्रमा लागेका उनले २५० व्यक्तिको हत्या गरे ।
विरामीको मृत्यु देखेर खुसी
हारोल्डले आफ्नो सादा पोसाकमा नै विरामीको हत्या गर्थे । उनको शिकारमा प्राय वृद्धवृद्धा र महिलाहरू पर्ने गर्थे । उनले वृद्धवृद्धाहरूलाई डायमोर्फिन, फार्मास्यूटिकल हेरोइनको इञ्जेक्शन लगाएर हत्या गर्ने गरेको प्रहरीको अनुसन्धानले पुष्टि भएको थियो ।

उनी आफ्नो विरामीको हत्या गरेपछि रुने गर्थे, साथै केही नभएको जस्तो अनुभूतिसमेत गर्थे । उनी हत्या गरिएका व्यक्तिहरूको अन्तिम संस्कारमा समेत उपस्थित हुन्थे ।
उनले किन हत्या गर्थे वा कसरी हत्या गर्थे भन्ने कुरा खुलस्त हुँदाहुँदै पनि तत्कालीन दक्षिण म्यानचेस्टरका कोरोनार तथा प्रोफेसर जोन पोलार्डले जनाएका छन् कि हारोल्ड आफ्नो विरामी मरेको देख्दा खुसी हुन्थे । उनले भने, ‘यसको लागि वैध सम्भावित व्याख्या यो हो कि, उसले केवल मर्ने प्रक्रियालाई हेर्दा र जीवन र मृत्युमाथि नियन्त्रणको भावनाको आनन्द उठाउथे ।’

हारोल्डले कुनै उद्देश्यविना नै हत्या गरेको तत्कालीन अनुसन्धान समूहका प्रमुख डाने जामे स्मितले सुझाएका थिए । ‘यदि, कसैले अपराध गर्ने निर्णयका लागि तर्कसंगत वा सचेत व्याख्याका रूपमा परिभाषित गर्दछ भने, मलाई लाग्छ कि हारोल्डको अपराध गर्नुमा कुनै उद्देश्य थिएन,’ उनले भनेका थिए, ‘यद्यपि, हारोल्डको दिमाग सचेत नै रहेको मनोचिकित्सकहरूले मलाई सुझाएका थिए, दिमागमा म यति मात्र भन्न सक्दछु कि मैले अनुभव गरेका कुनै पनि सुविधाहरूको कुनै प्रमाण छैन जुन न्यायाधीशको रूपमा मेरो अनुभवमा हत्याराहरूलाई सामान्यतया उत्प्रेरित गर्दछ ।’

हारोल्डको पीडितमध्ये एक क्याथलिन ग्रन्डी थिइन् । ग्रन्डी ८१ वर्षकी थिइन् । जब उनको हत्या गरिएको थियो ।
हारोल्ड सन् १९९८ जुन २४ मा रुटिन चेकअपको बहनामा ग्रन्डीको घर पुगेका थिए । घर पुगेर रगत जाँचको बहनामा उनले ‘मोर्फिन’ नामक घातक इञ्जेक्सन प्रयोग गरेका थिए । उनले इञ्जेक्सनको प्रयोग गरेको भोलिपल्ट ग्रन्डी मृत अवस्थामा फेला परेकी थिइन् । उनको मृत्युपछि डाक्टर हारोल्डलाई प्रमाणीकरणका लागि बोलाइएको थियो । तर, उनले ग्रन्डीको मृत्यु बुढेस कालले भएका प्रमाणीत गरेका थिए ।

उक्त घटनापछि हारोल्ड अनुसन्धानको केन्द्रमा थिए । त्यसलगत्तै ७ सेप्टेम्बर १९९८ मा उनी पक्राउ परे । प्रहरीको अथक अनुसन्धानपछि ३१ जनवरी २००० मा उनले १५ जनाको हत्याको दोषी ठहर गरेको थियो ।
अनुसन्धानका अनुसार हारोल्डले डायमोर्फिन, फार्मास्यूटिकल हेरोइनको इञ्जेक्सनको प्रयोग गरेर हत्या गरेको सूचीमा मारी वेस्ट, इरेन टर्नर, लिज्जी एडम्स, जीन लिली, आइभी लोमास, मूरिएल ग्रिम्शा, मारी क्विन, क्याथलिन वागस्टाफ, बियन्का पोम्फ्रेट, नोराह नट्टल, पामेला हिलियर, मउरिन वार्ड, विनिफ्रेड मेल्लर, जोन मेलिया र क्याथलिन ग्रुण्ड थिए ।

दोषी भएको पुष्टि भएपछि उनी जेल चलान भए । सन् १९९८ सेप्टेम्बर ७ मा पक्राउ परेका उनलाई जन्म कैदको सजाय फैसला गरिएको थियो ।
जन्म कैदको फैसला सुनाइएका हारोल्डको ५८ वर्षमा निधन भएको पाइन्छ । उनले जेलभित्रै सन् २००४ जनवरी १३ मा झुण्डिएर आत्महत्या गरेका थिए । डाक्टर हारोल्डको घटनाबारे २ वर्षसम्मको अनुसन्धानले २१८ जना पीडितको पहिचान गरेको थियो ।

अनुसन्धानले सन् २००५ मा एउटा प्रतिवेदन निकाल्यो जुन प्रतिवेदनअनुसार हारोल्डले २५० जनाको हत्या गरेको पुष्टि गर्यो ।
याे पनि
हिंसा र यौन दुर्व्यवहारले जन्माएको सिरियल किलर

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
प्रतिक्रिया