राउटे युवतीलाई यौनजन्य दुव्रयवहार गरेको आरोपमा तीन पक्राउ

कर्णाली । प्रहरीले राउटे समुदायकी युवतीलाई होटलमा दगरे अश्लिल क्रियाकलाप गर्ने तीन जनालाई आज सुर्खेतमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन रहेका छन् ।
पुन होटल सञ्चालक समेत हुन् । उनीहरुले दुई राउटे युवतीलाई प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गरेको भिडियो बनाएको आरोप लगाइएको छ । होटलभित्र अर्धनग्न अवस्थामा युवाले राउटे युवतीलाई अश्लिल क्रियाकलाप गर्न बाध्य पारेको भिडियो सार्वजानिक भएपछि प्रहरीले शनिबारदेखि घटनाको अनुसन्धान शुरु गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले घटनाको विस्तृतमा अनुसन्धान भइरहेको र दोषी युवाहरुमाथि कानूनबमोजिम कारबाही हुने जानकारी दिए । पछिल्लो समय राउटे युवतीहरुलाई युट्युब, टिकटकका लागि भिडियो छायांकन गर्न भन्दै बस्तीमा जाने, विभिन्न प्रलोभनमा पारी यौनजन्य दुव्र्यवहार गर्ने गरेको पाइएको छ । राउटेहरु नेपालकै एकमात्र फिरन्ते समुदाय हुन् । गुर्भाकोट नगरपालिका ११ जनैघाटमा बस्दै आएका राउटे हाल १४३ को संख्यामा छन् ।
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया