ओलीको एकता प्रस्ताव : देउवालाई दिएको समर्थन फिर्ता लिनु, जेठ ३ मा पार्टी फर्किन्छ

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन् । उनले पार्टी एकतालाई लिएर उक्त प्रस्ताव पेश गरेका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एमालेलाई विं.सं. २०७५ को जेठ ३ अनुसार नै अघि बढाउने प्रस्ताव पेश गरेका हुन् । यसका लागि प्रधानमन्त्री नियुक्तिका लागि पार्टीबाट निष्कासित भएका नेता माधव नेपाल समूहले शेरबहादुर देउवालाई दिएको हस्ताक्षरसहितको समर्थन फिर्ता लिन प्रस्ताव गरेका छन् ।
पार्टी एकताका लागि ओलीले अगाडि सारेको प्रस्तावको पहिलो बुँदामा एमालेलाई २०७५ साल जेठ ३ पूर्वको अवस्थामा अगाडि बढाइने बताइएको छ । तर, एकताको पक्षमा उभिएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने बताइएको छ ।
मातहतका पार्टी कमिटी र जनसंगठनहरु जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने ओलीले बताएका छन् । संगठनात्मक क्षेत्रका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधान लागि कार्यदलले काम गर्ने ओलीको प्रस्ताव छ ।
यसबीचमा कसैले गरेका गल्ती कमजोरीलाई लिएर कसैमाथि कारबाही नचलाइने ओलीले बताएका छन् ।











बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
प्रतिक्रिया