जसपा लुम्बिनीको ह्वीप : नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्नु
मेरोन्यूज
२०७८ जेठ ३० गते १३:५०

काठमाडौं । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । सरकारका तर्फबाट प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ २५ गते प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम आइतबार पारित गर्ने कार्यसूची छ । प्रमुख सचेतक पुमंति ढेंगा मगरले संसदीय दलका सदस्यहरुलाई ह्वीपको पालना गर्नुपर्ने बताईन् ।
जसपासहित सबै विपक्षी दलहरुले सरकारको वैधतामाथि प्रश्न उठाउँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रदेशसभा बैठक बहिष्कार गरेका थिए ।तर नीति तथा कार्यक्रम समयसापेक्ष र जनपक्षीय नरहेको भन्दै जसपा संसदीय दलकी प्रमुख सचेतक पूरमति ढेंगा मगरले पार्टीका ६ जना सांसदहरुलाई पत्र पठाइ विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी हुन् ।

सम्बन्धित


















आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
आज वैशाख ५ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
इरानमा पक्राउ परेका अमृत झा रिहा
प्रतिक्रिया