शनिबार, माघ ३, २०८२

प्राकृतिक विपत्तिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको चासो, भन्छन् – क्षति कम गर्न सबै मिल्नुपर्छ

मेरोन्यूज २०७८ असार ३ गते ९:५३

काठमाडौं । पूर्वराजा ज्ञानेनद्र शाहले बाढी पहिरो र नदी कटान जस्ता प्राकृतिक विपत्तिले पुर्‍याएको क्षतिप्रति चासो देखाएका छन् ।

उनले आज वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिले क्षति पुर्‍याएको खबरले दुखित तुल्याएको उल्लेख गरेका छन् । उनले सबै मिलेर महामारी र प्राकृतिक विपत्तिको न्युनिकरण गर्ने तर्फ जिम्मेवार बन्नुपर्ने बताएका छन् ।

पूर्व राजा शाहले प्राकृतिक विपत्ति सबैको चिन्ताको विषय भएकाले पूर्व सावधानी राख्ने, तयारी गर्ने, सजगता अपनाउने र उद्धार एवम राहतकारी व्यवस्था मिलाउने विषयमा सबैले ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन् ।

उनले अवस्था विकराल नहुन नदिन र क्षति कम गर्न जनकल्याणकारी व्यवस्थाको प्रवन्ध गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया