नेपाल पक्षले बाढीपहिरो गएका जिल्लामा राहत तथा उद्धार गर्न कार्यकर्ता खटाउने
मेरोन्यूज
२०७८ असार ३ गते १५:१०

काठमाडौँ । नेकपा एमाले नेता माधव कुमार नेपाल समूहले बाढीपहिरो गएका जिल्लामा आफ्नो कार्यकर्तालाई राहत तथा उद्धारमा खटाउने भएको छ । नेपाल पक्षको बिहीबार भर्चुअल माध्यमबाट बैठक बसेको थियो ।
बैठकले बाढी पीडितहरूको राहत र उद्दारका लागि सरकारको ध्यानाकर्षण गराउँदै आफ्ना नेता कार्यकर्तालाई समेत खटाउने निर्णय गरेको एमाले नेत्री अष्टलक्ष्मी शाक्यले बताइन् । शाक्यले विपत व्यवस्थापनका लागि गंगालाल तुलाधरको संयोजकत्वमा विज्ञहरुको टोली बनाउने निर्णय भएको बताइन् ।
यस्तै, बाढी पहिरो गएका स्थानमा राहत र उद्दारका लागि केन्द्रदेखि वडा तहसम्मका सबै पार्टी कमिटीलाई परिचालन गर्ने निर्णय गरेको हो । बैठकले वरिष्ठ नेता झलनाथ खनालको शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनले बताइन्।

सम्बन्धित
















कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न सरकारको निर्देशन
हिन्दुकुश हिमालयमा लगातार चौथो वर्ष हिम सञ्चिति न्यूनतम्
डीपसिकको नयाँ एआईले विश्व प्रविधि दौड ततायो
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी
Hetauda Cement Industry shut for lack of raw materials
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया