पेस्तोल र पाँच राउण्ड गोलीसहित एक पक्राउ

उदयपुर । त्रियुगा नगरपालिका–३ मोतीगडा बस्ने ५० वर्षीय परशुराम चौधरी अमेरिकन नौ राउण्डको पेस्तोलसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति त्रियुगा–१२ गाईघाटको त्रियुगा बसपार्कस्थित चौधरीको कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट परशुरामलाई पेस्तोल र पाँच राउण्ड गोलीसहित प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताए ।
परशुराम पहिला विसं २०६० देखि यता २०७७ सम्म पूर्व नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य भएको कारण द्वन्द्वकालको हतियार लुकाएर राखेको र उक्त हतियार देखाएर कतिपयलाई गैरकानूनी रूपमा चन्दा असुल्ने गरेको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । विसं २०७७ देखि उनले पार्टी परिवर्तन गरेर सङ्घीय समाजवादी पार्टीको जिल्ला सदस्य रहेको खुल्नमा आएको प्रहरीले बताएको छ ।
अवैध पेस्तोल तथा गोलीसहित उनको साथबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ लेखिएको सहयोग रसिद आठ थान, नेकपा (माओवादी केन्द्र) लेखिएको रसिद तीन थान र अखिल नेपाल निर्माण मजदूर सङ्घ लेखिएको रसिद तथा पत्र ८५ थानसमेत प्रहरीले बरामद गरेको बताइएको छ ।रासस
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया