सामूहिक बलात्कारका अभियुक्त पक्राउ

सप्तरी । दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले विसं २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीका अनुसार मुखियासहित उनका सालाहरू तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखियालाई जनही १३ वर्ष कैद सजाय भएको छ ।
आरोपितहरूले विसं २०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशीटप्पु कटैया पलार गएका बेला आरोपितहरूले अन्य बालकलाई हतियार देखाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै सामूहिक बलात्कार गरेको पीडितकी आमाको आरोप छ । आरोपितमध्ये श्यामा २०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा कैद छन् । श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको छ । उनीहरूका बुवा बिकु अझै फेला परेका छैनन् । रासस










त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड
गोरखामा माछा मार्न गएका एक पुरुष मृत फेला
नेपाल अफगानिस्तानसँग पराजित
प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया