आइतबार, चैत १०, २०८१

टिपरको ठक्करबाट कांग्रेस नेतासहित २ जनाको मृत्यु

मेरोन्यूज २०७८ असार ७ गते १०:४९

काठमाडौँ । मोरङको सुन्दरहरैचामा टिपरको ठक्करबाट कांग्रेस नेतासहित दुई जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार राति पौने ८ बजे भएको दुर्घटनामा धनकुटा पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका ४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको हो ।

थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव हुन् । यस्तै, मृत्यु हुने शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होम रेफर गरेको छ ।

दुर्घटनामा परेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुरले चलाएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

टिपरले विपरीत दीशातर्फ आउँदै को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा शाह सवार २९ प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनापछि टिपरसहित त्यसका चालक फरार छन् । टिपरको नम्बर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया