लापरबाहीले मृत्यु भएको भन्दै मेलम्चीबासी आन्दोलनमा
मेरोन्यूज
२०७८ असार ७ गते १७:१५

काठमाडौँ । बाढी प्रभावित मेलम्चीबासी आन्दोलनमा उत्रिएका छन् । नदीले कटान गरेको ठाउँमा बाँध बनाउँदै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय बासिन्दाले विद्युत प्राधिकरणविरुद्ध आन्दोलन गर्दै कार्यालय घेराउ गरेका हुन् । मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा भुँईमा लत्रिएको विजुलीको तारमा छुँदा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मेलम्ची नगरपालिका ११ का धर्मराज दुलाल रहेका छन् । स्थानीय वासिन्दाले प्राधिकरणको लापरबाहीका मृत्यु भएको भन्दै आन्दोलन गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
प्रदर्शनका कारण मेलम्ची क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
सम्बन्धित










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रतिक्रिया