लापरबाहीले मृत्यु भएको भन्दै मेलम्चीबासी आन्दोलनमा
मेरोन्यूज
२०७८ असार ७ गते १७:१५

काठमाडौँ । बाढी प्रभावित मेलम्चीबासी आन्दोलनमा उत्रिएका छन् । नदीले कटान गरेको ठाउँमा बाँध बनाउँदै गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
स्थानीय बासिन्दाले विद्युत प्राधिकरणविरुद्ध आन्दोलन गर्दै कार्यालय घेराउ गरेका हुन् । मेलम्ची नदीको तटीय क्षेत्रमा बाँध बनाउन एक्साभेटर लिन जाने क्रममा भुँईमा लत्रिएको विजुलीको तारमा छुँदा करेन्ट लागेर आज बिहान एक जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा मेलम्ची नगरपालिका ११ का धर्मराज दुलाल रहेका छन् । स्थानीय वासिन्दाले प्राधिकरणको लापरबाहीका मृत्यु भएको भन्दै आन्दोलन गरेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए ।
प्रदर्शनका कारण मेलम्ची क्षेत्रमा सडक अवरुद्ध भएको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
प्रतिक्रिया