डडेल्धुरामा मृत अवस्थामा फेला परेकी स्वास्थ्यकर्मीको हत्या भएको पुष्टि
डिएनए परीक्षणका लागि काठमाडौं पठाउने तयारी

काठमाडौं । डडेल्धुराको परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी स्वास्थ्यकर्मीको हत्या गरिएको पुष्टि भएको छ । परशुराम नगरपालिका ८ को जमरानी आधारभूत स्वास्थ्य इकाई केन्द्रमा कार्यरत अस्मितादेवी धामीको हत्या गिरएको हो ।
शव परीक्षणबाट परशुराम नगरपालिका ८ को जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया धामीको हत्या गरिएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रबक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले मेरोन्युजलाई जानकारी दिए ।
उनले भने, ‘शव परीक्षण रिपोर्टबाट पनि हत्या नै भएको देखिएको छ । अहिले सोही आधारमा अनुसन्धान गरिरहेका छौं । केही प्राविधिक कुराको परीक्षणका लागि प्रक्रिया अघि बढिसकेको छ ।
जोगबुढा अस्पतालका चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भइरहेको वक्ता चन्दले जानकारी दिए । चिकित्सकको सुझाव अनुसार प्रहरीले चिकित्सकले संकलन गरेका नमूना परीक्षणका लागि काठमाडौं ल्याउने तयारी भएको हो ।
गत २ असारमा कार्यालयबाट कोरोनाको खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी २६ वर्षीय धामी गत ५ गते परशुराम नगरपालिका ९ को हट्वानी सामुदायिक वनमा मृत फेला परेकी थिईन् ।
कोरोनाको खोप पुर्याउन हिँडेकी स्वास्थ्यकर्मी मृत भेटियो, अनुसन्धानमा अन्योल
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया