मन्त्री पौडेलको उपप्रधान पद खारेज
मेरोन्यूज
२०७८ असार ८ गते १७:५१

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेले उपप्रधान पद बदर भएको छ । सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदर गर्न गरेको आदेशसँगै उनी अर्थमन्त्रीमा सिमित भएका हुन् ।
गत जेठ २१ गते मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई उपप्रधान मन्त्रीसमेत बनाएका थिए । आज मंगलबार संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदर भएसँगै उनको नाममा उपप्रधानमन्त्री उल्लेख गरेकामा सर्वोच्चले पछि सच्याएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको आदेशमा पौडेल उपप्रधानमन्त्री कायम रहेको उल्लेख थियो । सर्वोच्च अदालतका अनुसार आदेशमा भूलवश पौडेललाई उपप्रधानमन्त्री लेखिए पनि सच्याइसकेको छ ।
सम्बन्धित














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
प्रतिक्रिया