मन्त्री पौडेलको उपप्रधान पद खारेज
मेरोन्यूज
२०७८ असार ८ गते १७:५१

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेले उपप्रधान पद बदर भएको छ । सर्वोच्च अदालतले संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदर गर्न गरेको आदेशसँगै उनी अर्थमन्त्रीमा सिमित भएका हुन् ।
गत जेठ २१ गते मन्त्रिपरिषद विस्तार हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पौडेललाई उपप्रधान मन्त्रीसमेत बनाएका थिए । आज मंगलबार संसद विघटनपछि गरिएको मन्त्रिपरिषद विस्तार बदर भएसँगै उनको नाममा उपप्रधानमन्त्री उल्लेख गरेकामा सर्वोच्चले पछि सच्याएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले गरेको आदेशमा पौडेल उपप्रधानमन्त्री कायम रहेको उल्लेख थियो । सर्वोच्च अदालतका अनुसार आदेशमा भूलवश पौडेललाई उपप्रधानमन्त्री लेखिए पनि सच्याइसकेको छ ।
सम्बन्धित
















छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया