अदालतको फैसलापछि एमाले र जसपाको प्रारम्भिक प्रतिक्रिया
सर्वाेच्चको फैसला अप्रत्याशित, पार्टी बैठक बसेर निर्णय लिन्छौं
एमाले प्रवक्ता प्रदीप ज्ञवाली भन्छन्- फैसलाले राजनीतिलाई जटिलतातर्फ धकेल्याे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले जनता समाजवादी पार्टीका महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई समेटेर विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेर रोकिदिएपछि एमाले र सरकारमै रहेको जसपाको महन्थ ठाकुर पक्षले अप्रत्याशित निर्णय भन्दै प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
दुवै पार्टीले यसबारेमा पार्टी बैठक बसेर औपचारिक प्रतिक्रिया दिने जनाएका छन् ।
एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशले राजनीतिलाई थप जटिलतातिर लगेको भन्दै अदालतको फैसला अप्रत्याशित भएको टिप्पणी गरेका छन् । मेरोन्यूजसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले भने,-‘अदालतको निर्णय एक खालको आएको छ, यो निर्णय अप्रत्याशित छ । यसले राजनीतिलाई जटिलतातिर धकेल्ने काम गर्छ । यस्ता निर्णयका विषयमा गम्भीर विचार विर्मश गर्नुपर्ने हुन्छ । हामी यस विषयमा पार्टी बैठक बसेर निर्णय गछौं ।’
त्यस्तै जनता समाजवादी पार्टीकाे महन्थ ठाकुर पक्षले पनि अदालतको निर्णय चित्तबुझ्दाे ढंगले नआएको प्रतिक्रिया दिएको छ । आफ्ना पार्टीका ११ सहित २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेश चित्तबुझ्दो नभएको जसपाकाे प्रतिक्रिया छ । जसपा कार्यकारिणी समिति सदस्य केशव झाले सर्वोच्चको आदेश त्यति चित्तबुझ्दो नभएको प्रतिक्रिया दिए । ‘अन्तरिम आदेश चित्तवुझदो ढंगले आएन, यो नै अन्तिम निर्णय होइन, आत्तिहाल्नुपर्ने अवस्था छैन । पार्टी बैठक बसेर थप निर्णय लिन्छौं’ झाले भने ।
















छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
१७ वर्षपछि सिंहदरबारमा फर्कंदै संसद्
लुम्बिनीमा ट्रकको ठक्करबाट युवकको मृत्यु
बागमती प्रदेशका मुख्यमन्त्रीसँग नाडाका प्रतिनिधि मण्डलको भेटघाट, अटोमोवाइल्स क्षेत्रबारे छलफल
दक्षिण प्रशान्त महासागरको टोङ्गा नजिक ७.६ म्याग्निच्युडको भूकम्प
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
प्रतिक्रिया