महाधिवेशनकाे संघारमा नेपाली कांग्रेस
क्रियाशील सदस्यको लफडा मै अल्झियो कांग्रेस
३३ जिल्लामा सदस्यता विवाद

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता नामावलीमा कुनै त्रुटि भए सच्याउन वा नाम समावेश गर्न आज बेलुकीसम्मको समय दिइएको छ ।
नयाँ सदस्यतातर्फ प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र नवीकरणतर्फ जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याउन वा नाम समावेश गर्नका लागि यो समय दिइएको थियो । तर क्रियाशील सदस्यताका विषयमा ३३ जिल्लामा अझै समस्या देखिएको छ ।
क्रियाशील सदस्यता छानविन समितिका सदस्य कल्याण गुरुङले सबै भन्दा बढी समायोजनमै समस्या देखिएको जानकारी दिए । त्यसमा पनि ११ जिल्लामा यस्तो समस्या देखिएको छानविन समितिका सदस्य गुरुङले मेरोन्यूजलाई बताए ।
उनका अनुसार प्रदेश १ का दुई जिल्ला मोरङ र सुनसरी, प्रदेश २ को सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, पर्सा, वाग्मती प्रदेशको सिन्धुपाल्चोक र लुम्बिनी प्रदेशको बर्दिया जिल्लामा समस्या देखिएको हो ।
‘प्र्रदेश २ को महोत्तरीबाहेकका ७ वटैै जिल्ला र अन्य प्रदेशका पनि केही जिल्लामा गरी ११ जिल्लामा क्रियाशील सदस्यको समायोजनमा समस्या देखिएको छ ।’ गुरुङले भने ।
यी जिल्लाहरुमा आन्तरिक समायोजन, शुल्क विवादलगायत समस्याका कारण काम हुन नसकेको कांग्रेस नेताहरुको भनाइ छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलका अनुसार अहिले क्रियाशील सदस्यको संख्या नयाँ र नवीकरण दुवै गरी ८ लाख नाघेको छ । नवीकरण सदस्य ४ लाख ७० हजार रहेका छन् । कांग्रेसको वर्तमान कार्यसमितिले सुरुको चार वर्ष र विधानअनुसार थप गरेको एक वर्ष म्याद फागुन २०७७ मा गुजारिसकेको छ ।
संवैधानिक व्यवस्था अनुसार लिन पाउने थप ६ महिना आगामी भदौ १९ मा सकिँदैछ । उक्त समयावधिभित्र जसरी पनि महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउनुपर्ने दबाबमा कांग्रेस छ ।
त्यस कारण कांग्रेसले १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने गरी पछिल्लो पटक कार्यतालिका संशोधन गरेर तय गरेको छ । त्यस अगाडि तय भएको महाधिवेशन कार्यतालिका क्रियाशील सदस्यताको विवाद मिलाउन नसकेपछि थप ९ दिन पछि सारेको थियो ।
महाधिवेशनको संशोधित नयाँ कार्यतालिका अनुसार, अब क्रियाशील सदस्यता छानविन समितिले सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्नुपर्ने प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यतालिका बनेको छ ।
गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते हुनेछ । प्रदेश निर्वाचन, क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ गते हुनेछ भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २० गते गर्ने कार्यतालिका तय गरिएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेका जिल्लाको जिल्ला अधिवेशन एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाहरुको अधिवेशन पनि साउन २० मै हुनेछन् ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २४ गते हुने कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले बनाएको नयाँ कार्यतालिकामा उल्लेख छ ।
छानविन समिति मापदण्ड बनाउन छलफलमा
क्रियाशील सदस्यतासम्बन्धी देखापरेका विवाद के कसरी टुंग्गो लगाउने भन्ने विषयमा छानविन समितिले ‘होमवर्क’ शुरु गरेको छ । तर विवादलाई कसरी छिनोफानो लगाउने भन्नेमा मापदण्ड बनाउन छानविन समितिका सदस्यहरु अहिले पार्टी कार्यालय सानेपामा छलफलमा छन् ।
३३ जिल्लामा समायोजन विवाद, ४ ओटा जिल्ला बारा, सप्तरी, सिन्धुपाल्चोक र बर्दियामा सर्भरमा सदस्यता इन्ट्रीकै काम भएको छैन । त्यस्तै ३८ जिल्लामा पनि कुनै न कुनै मापदण्ड बनाएर जान नसकिए क्रियाशील सदस्यता टुंग्गो लगाउनै समस्या रहेको छानविन समितिका एक सदस्यले बताए ।
‘समस्या छन्, तिनका समाधान के कसरी गर्ने भन्नेमा हामी छलफलमा छौं,’ सानेपा कार्यालयमा छलफलमा रहेका समितिका एक सदस्यले भने,–‘कुनै न कुनै मापदण्ड नबनाई टुंग्याउन अप्ठ्यारो हुने भएपछि मापदण्ड के बनाउने भन्नेमा हामी छलफल गरिरहेका छौं ।’
३२ वटा वडामा अझै बिवाद छ

बारा जिल्लाका ३२ वटा वडामा अझै सदस्यता विवाद छ । क्षेत्रीय सभापतिको नाममा उजुरी दिएका छन् । अन्य सदस्यहरुले क्रियाशील सदस्य रोक्का गरेका छन् । यदि केन्द्रले यस जिल्लाका विषयमा निर्णय टुङ्गोमा पुर्याउन सकेन भने धेरैले क्रियाशील सदस्य भन्न नपाउने अवस्था छ । जिल्लाको निर्णय केन्द्रीय कार्यसमितिमा पठाइएको थियो । केन्द्रीय कार्यसमितिले पनि निर्वाचन समितिमा पठाएको रहेछ ।
विजयकुमार गच्छयदारका ४८६ जनालाई दिन पत्र पठाएको थियो । त्यो पत्रको आधारमै उनीहरुलाई क्रियाशील सदस्य दिएका थियौँ । त्यसमा कुनै समस्या पनि देखिएको छैन । क्रियाशील सदस्य छानविन समितिले म्याद थपिदिएमा २५ गतेसम्ममा सबै समस्या समाधान हुन्छ । नवीकरणमा ६ हजार क्रियाशील सदस्य र नयाँ थपिदाँ ११ हजारभन्दा बढी हुन्छ । निर्देशिकाबमोजिम परेकाहरुलाई समायोजन गरेर पठाइदिने, आफूखुसी निर्णय गरेर, आफूखुसी निवेदन लिएर आफूले भनेको मान्छे हुनुपर्छ, निर्देशिकाभन्दा बाहिर गएर भन्ने मा अहिले बारा जिल्लामा लफ्डा निस्केको छ ।
निर्वाचन समितिले १० गतेसम्मको म्याद दिएको छ । १३ वटा वडाको समायोजन सच्याउन भनेर पठाएको थियो । निर्देशिका बमोजिमको समायोजन गरी पाऊँ भनी जिल्लाले केन्द्रीय कार्यसमितिमा पत्र पठाएको थियो । तर त्यो पत्र केन्द्रीय कार्यसमितिले निर्वाचन समितिमा पठाइदियो । निर्वाचन समितिले के छ त्यो हेर्न बाँकी छ । समायोजनको समस्या समाधान भएन भने बारा जिल्लामा क्रियाशील सदस्यले अधिवेशनमा भाग लिन नपाउने देखिन्छ ।
क्रियाशील सदस्यता भर्ने समय एक साता थप्नुपर्छ

एक साताअघि मात्र क्रियाशील सदस्यको फारम प्राप्त गरेका थियौँ । समायोजनको प्रक्रिया एक हप्ता अघि मात्र टुङ्गो लागेको थियो । अहिले वडा–वडाको नामावली संकलन गर्ने काम गरिरहेका छौँ । भोलिबाट इन्ट्री गर्ने काम सुरु हुन्छ । भोलिबाट क्षेत्रीय सभापतिलाई पासवर्ड दिन्छौं । हामी तीव्र गतिमा काम गरिरहेका छौं । केन्द्रले क्रियाशील सदस्यको फारम भर्न पाउने म्याद १२ गतेसम्मको मात्र दिएको छ । तर हामी १८ गतेसम्मको समय थपिदिन माग गरेका छौँ । तर केन्द्रले उक्त माग स्विकारेको छैन् ।
यस जिल्लामा कांग्रेसका क्रियाशील सदस्य लिएका ८ हजारको हाराहारीमा नवीकरण गर्नुपर्ने छ । राप्रपा, फोरमलगायतबाट कांग्रेसमा प्रवेश गरेकाका लागि नयाँ क्रियाशील सदस्य दिनुपर्ने छ । नयाँ र नवीकरण गरेर १८ हजारको हाराहारीमा पुग्ने देखिन्छ । सिन्धुपाल्चोकमा १०३ वडा रहेको छ । वडाको सबै जिल्लामा आइसकेको छैन् । सिन्धुपाल्चोकलाई क्रियाशील सदस्यको फारम पठाउनु र जिल्लामा बाढी पहिरोको समस्या एकै समयमा भयो । यो विपद्को समयमा राहत सहयोगमा हिँड्नुपर्छ ।

सञ्जिता खनाल
मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।
















सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
प्रतिक्रिया