बलात्कार गरी भिडियो बनाउने भारतीय नागरिक पक्राउ
मेरोन्यूज
२०७८ असार ११ गते १२:४९

पोखरा । १६ बर्षे बालिकालाई प्रलोभनमा पारेर बलात्कार गरेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले भारतको बिहार प्रदेश पश्चिमी चम्पारण जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका–९ शान्तिबन बस्ने २७ वर्षीय ईन्द्रजित कुमार शर्मा लाई पक्राउ गरेको हो ।

पक्राउ परेका शर्माले बालिकालाई डर, धाकधम्की दिई जबरजस्ती करणी गरी गोप्य रुपमा भिडियो बनाएका थिए । उक्त भिडियो र फोटोहरु बालिकाकै नामको नक्कली फेसबुक आईडी बनाएर समाजिक सञ्जालमा सर्वजनिक गरेको भन्ने जाहेरीको आधारमा उनलाई ९ गते पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
शर्माविरुद्ध जबरजस्ती करणी कसुरमा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाईएको पनि कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित
















फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया