जीवन विकास लघुवित्त संस्थाको आइपिओ खुला

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) आजदेखि बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार १५ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ ।
सो अवधिसम्म माग अनुसारको आवेदन नपरेमा यही असार २५ गतेसम्म शेयर बिक्री खुला गरिने संस्थाले जानकारी गराएको छ । १९ करोड ७७ लाख ३० हजार बराबरको आइपिओ निष्कासन तथा बिक्री खुला गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सञ्जयकुमार मण्डलले जानकारी दिए । उनका अनुसार प्रतिकित्ता एक सय अङ्कित दरका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर बिक्री खुला गरिएको छ ।
त्यसमध्ये जारी पूँजीको पाँच प्रतिशत अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीका लागि र कूल निष्कासनको पाँच प्रतिशत अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेका १८ लाख ४८ हजार १५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।
सो शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरोशेयर एप ९सफ्टवेयर०मार्फतसमेत आइपिओमा आवेदन दिन सकिनेछ । रासस








रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रतिक्रिया