महान्यायाधिवक्ताले भने : प्रतिनिधिसभा विघटन मुद्दाको औचित्य छैन

काठमाडौँ । सरकारी पक्षका अधिवक्ताले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा फैसला गर्न गठित संवैधानिक इजलासको क्षेत्राधिकारबारे प्रश्न उठाएका छन् । सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता रमेश बडालले संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई हुनु कानूनी दृष्टिले त्रुटिपूर्ण रहेको बताएका हुन् ।
रिट निवेदकहरूले गरेको दाबी बमोजिम संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दा आउनै नपर्ने उनले दाबी गरे । उनले प्रतिनिधिसभा विघटन मुद्दाको कुनै औचित्य नभएको बताउँदै भने, ‘निवेदकहरूले रिटमा के लेख्नु भयो र अदालत कहाँनेर झुक्कियो ? यो संवैधानिक इजलासमा आइपुग्नु पर्ने मुद्दा नै होइन । जुन धारा टेकेर मुद्दा दिइएको छ, त्यो धाराको कुरा यहाँ उठेन ।’ उनले २०३१ सालको नजिर उल्लेख गर्दै २०३१ सालको एक फैसलाअनुसार पक्षको सहमति वा स्वीकृति भएर मात्रै नहुने बताए ।
महान्यायाधिवक्ता बडालले इजलासले निर्दलीय पञ्चायती व्यवस्था रहने वा नरहने निर्क्यौल दिनु पर्ने पनि बताए । उनले बहुदलीय व्यवस्था हो कि होइन ? भन्दै प्रश्न गरेका छन् । यस्तै उनले निवेदकको बहस सुन्दा २०४६ सालको अन्त्यतिर रहेको जस्तो लागेको बताए । उनले हामी अहिले निर्दलीय पञ्चायती व्यवस्था राख्ने कि फाल्ने भन्नेमा निर्णायक बहस गर्दै रहेको बताए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया