कतै कम्युटर टाइप, कतै हस्तलिखित भन्दै देउवाले प्रधानमन्त्रीमा दाबी गरेको पत्रमाथि प्रश्न

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले देउवाले प्रधानमन्त्रीमा दावी पेश गर्न बुझाएको पत्रमाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै उनले उक्त दाबी पत्र देउवालाई प्रधानमन्त्री बनाउनका लागि तयार गरिएको हो भन्दै प्रश्न गरेका छन् ।
उनले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउनका लागि त्यो कागज तयार गरिएको हो ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ?’ उनले राष्ट्रपतिविरुद्ध मुद्दा हालेर विपक्षी गठबन्धनका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको बताए ।
उनले भने, ‘राष्ट्रपतिले संविधान बमोजिम ७६ (५) को सरकार बन्ने सम्भावना देख्नु भएन । राष्ट्रपतिविरुद्ध मुद्दा दिने र आरोपित गर्ने निवेदक पक्षले आफ्नै बेइज्जत गरेका छन् । राष्ट्रपतिले उहाँहरुको इज्जत जोगाइदिएकै हो । राष्ट्रपतिलाई मनपरी गाली गरेर उहाँहरुले राष्ट्रपतिको मात्रै होइन आफ्नै बेइज्जत गर्नुभएको छ । राष्ट्रपतिले बहुमतको आधार हेर्ने हो । त्यस्तो आधार विवादास्पद वा शंकाजन्य भएमा अस्वीकार गर्ने छुट हुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसारको सरकार सञ्चालन गर्न नचाहेकै कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको उनले बताए । त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले ‘राष्ट्रपतिले आधार हेर्ने वा सिद्धान्त ?’ भनी प्रश्न गरेका थिए ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया