सरकारी वकिललाई प्रधानन्यायाधीशले सोधे : दुरुपयोग भयो भन्ने अधिकार उहाँहरूकै होइन ?

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महान्यायाधिवक्ता रमेश बडाललाई प्रश्न गरेका छन् । महान्यायाधिवक्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदको हस्ताक्षर देउवाले दुरुपयोग गरेको बताएका थिए । साथै उनले देउवासहित रिट निवेदकलाई कारबाही गर्न माग गरेका थिए ।
सोही क्रममा प्रधानन्यायाधीशले उनलाई प्रश्न गरे, ‘जुन प्रयोजनका लागि सही गरेको हो, त्यो दुरुपयोग भयो भन्ने अधिकार उहाँहरूकै होइन ?’
प्रधानन्यायाधीशको प्रश्नमा बडालले आफूहरू जग्गा किचलो मुद्दामा बहस नगरेकाले लिखतबारे इजलासले हेर्नु पर्ने बताए ।
यस्तै, न्यायाधीश ईश्वर खतिवडाले विघटनको मुद्दा दर्ता भइसकेपछि लिखतको कसुरमा अनुसन्धान र कारबाही अदालतले गर्न नमिल्ने बताए । उनले भने, ‘लिखत कीर्तेमा पहिले कारबाही गर्नु पर्थ्यो कि पर्दैनथ्यो ?’
















आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विकमा विविध कार्यक्रम
डेनमार्क र दक्षिण कोरियामा नेपाल टेलिकमको भोल्टी रोमिङ सेवा विस्तार
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
कांग्रेस विवाद ब्युँतियो : छुट्टै केन्द्रीय समिति बैठक बोलाउने देउवा समुहकाे निर्णय
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया