सरकारी वकिललाई प्रधानन्यायाधीशले सोधे : दुरुपयोग भयो भन्ने अधिकार उहाँहरूकै होइन ?

काठमाडौँ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महान्यायाधिवक्ता रमेश बडाललाई प्रश्न गरेका छन् । महान्यायाधिवक्ताले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका सांसदहरूको हस्ताक्षर दुरुपयोग गरेको बताएपछि प्रधानन्यायाधीशले प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा विपक्षीका तर्फबाट बहस गर्दै बडालले गणेश पहाडी र सरला यादवसहितका सांसदको हस्ताक्षर देउवाले दुरुपयोग गरेको बताएका थिए । साथै उनले देउवासहित रिट निवेदकलाई कारबाही गर्न माग गरेका थिए ।
सोही क्रममा प्रधानन्यायाधीशले उनलाई प्रश्न गरे, ‘जुन प्रयोजनका लागि सही गरेको हो, त्यो दुरुपयोग भयो भन्ने अधिकार उहाँहरूकै होइन ?’
प्रधानन्यायाधीशको प्रश्नमा बडालले आफूहरू जग्गा किचलो मुद्दामा बहस नगरेकाले लिखतबारे इजलासले हेर्नु पर्ने बताए ।
यस्तै, न्यायाधीश ईश्वर खतिवडाले विघटनको मुद्दा दर्ता भइसकेपछि लिखतको कसुरमा अनुसन्धान र कारबाही अदालतले गर्न नमिल्ने बताए । उनले भने, ‘लिखत कीर्तेमा पहिले कारबाही गर्नु पर्थ्यो कि पर्दैनथ्यो ?’
















काठमाडौं – ३ मा कुलमानले दर्ता गराए उम्मेदवारी
काठमाडौं ५ मा ईश्वर पोखरेलको मनोनयन दर्ता
बैतडीमा ३३ मतदानस्थल अति संवेदनशील
रुकुम पूर्व १ बाट प्रचण्डले गराए उम्मेदवारी दर्ता
बैतडीमा एमालेबाट दामोदर भण्डारीले गराए मनोनयन दर्ता
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिँदै बामदेव, बर्दिया १ बाट चुनाव लड्ने तयारी
प्रतिक्रिया