डिआइजी सहकुल थापालाई एआईजीमा बढुवा गर्न सिफारिस
मेरोन्यूज
२०७८ असार १४ गते २१:१९
काठमाडाैैं । गृह मन्त्रालयले नेपाल प्रहरीका डिआइजी सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गर्न सिफारिश गरेकाे छ । बढुवा समितिकाे सचिवालयले आज बढुवा सिफारिशकाे सूची निकालेकाे हाे ।
यसअघि मन्त्रिपरिषद्ले एउटा एआइजीको पद थप गर्ने निर्णय गरेको थियो । सोमबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बैठकले थापालाई बढुवा गर्न सिफारिस गरेको हाे ।
थापा पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत थिए । थापाकाे एआईजीमा बढुवा भएसँगै भावी आइजिपीका लागि विश्वराज पाेखरेल र उनीबीच प्रतिस्पर्धा हुनेछ । हालका आईजीपी शैलेश थापा क्षेत्रीले १९ वैशाख २०७९ मा अवकाश पाउँदैछन् ।

सम्बन्धित















कांग्रेसले कैलालीका ५ क्षेत्रमा टुंग्यायाे उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया