नेप्से परिसूचकमा ठुलो अंकले गिरावट
मेरोन्यूज
२०७८ असार १५ गते १५:३८

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ठुलो अंकले गिरावट भएको छ । नेप्से परिसूचक आज ४७ दशमलव ४९ अंकले घटेको छ । नेप्से परिसूचक ४७ दशमलव ५० अंकले घटेर २ हजार ८ सय २८ अंकमा झरेको छ ।
‘क’ वर्गको कारोबार पनि ९ दशमलव ८७ अंकले घटेको छ । कारोबार रकम ७ अर्ब पनि पुगेको छैन । दिनभर भएका ७५ हजार ८ सय ८० वटा कारोबारबाट २३ कम्पनीका १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८ सय ६९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा कारोबार हुने लघुवित्त समूहबाहेक सबैको सवइन्डेक्स घटेर राताम्मे देखिएको छ । सबै समूह घट्दा पनि लघुवित्त समूह २६ दशमलव ४ अंकले बढेको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया