निगमका जहाजले अन्तरराष्ट्रिय क्षेत्रमा हुलाकका चिठ्ठीपत्र लैजाने

काठमाडाैं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तरराष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र ओसार प्रसार गर्ने भएको छ । उक्त सेवा सञ्चालन सम्बन्धी निगम र हुलाक सेवा विभागबीच आज सम्झौतामा हस्ताक्षर भएको निगमले विज्ञप्ति मार्फत जनाएको छ ।
सम्झौतामा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विभागका तर्फबाट महानिर्देशक आभा श्रेष्ठ कर्णले हस्ताक्षर गरेका छन् । सन् २०२१ जुलाई १ देखि लागू हुने सो सम्झौताअन्तर्गत विभागले सेवा प्रदान गर्ने र निगमका उडान हुने सम्पूर्ण गन्तव्यमा अब निगम मार्फत मात्र सामान तथा चिठ्ठीपत्र ढुवानी हुनेछन् ।
यसअघि विभागले विभिन्न विदेशी हवाई कम्पनीमार्फत सो काम गराइरहेको थियो । यो सेवाबाट विदेशी हवाई सेवा कम्पनीलाई भुक्तानी भइरहेको करोडौं रुपैया देशभित्रै रही विदेशी मुद्रा सञ्चितिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
निगमले विभिन्न सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । हाल दुई वाइड बडी र दुई न्योरोबडी जहाज मार्फत उडान भइरहेको छ ।














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया