हाइटीका राष्ट्रपतिको हत्यामा २ अमेरिकीसहित १७ जना पक्राउ

काठमाडौँ । विदेशी आक्रमणकारीको समूहले आफ्नो देशका राष्ट्रपति जोवेनेल मोइजको हत्या गरेको हाइटी प्रहरीले दाबी गरेको छ । घटनामा २६ कोलम्बियन तथा हाइटी मूलका दुई अमेरिकी नागरिक पक्राउ परेको हाइटीका प्रहरी प्रमुख लियोन चार्सले बताए ।
अन्तर्राष्ट्रिय समाचार संस्था (बिबिसी)का अनुसार हाइटी प्रहरीले हत्यामा संलग्न २ अमेरिकीसहित १७ जनालाई पक्राउ गरेको छ । यस्तै, ८ जना फरार रहेको प्रहरीले जनाएको छ । बाँकीको प्रहरी कारबाहीमा मारिएका थिए ।
बिहीबार हाइटी प्रहरीले केही आरोपीलाई सार्वजनिक गरेको छ । उनीहरूसँग हतियार, कोलम्बियाको पासपोर्ट र अन्य प्रमाण फेला परेको थियो । प्रहरी प्रमुखले चार्सले भने, ‘राष्ट्रपतिको हत्याका लागि विदेशी हाम्रो भूमिमा आए ।’
कोलम्बियन सरकारले आक्रमणकारीको दस्तामा कम्तिमा ६ सदस्य आफ्नो देशका रिटायर्ड सैनिक रहेको हुन सक्ने जनाएको छ । उसले जाँचमा हाइटीलाई पूरा सहयोग गर्ने बताएको छ ।
अमेरिकी विदेश मन्त्रालयले अहिलेसम्म आफ्नो देशका नागरिक हिरासतमा भएको पुष्टि गरेको छैन । यो हप्ता बुधबार बिहान केही बन्दुकधारीले राष्ट्रपति मोइजको आवासमा प्रवेश गरी गोली चलाएका थिए ।
गोली प्रहारबाट राष्ट्रपतिको मृत्यु भएको थियो । यस्तै, उनकी श्रीमती घाइते भएकी छन् । मोइसे सन् २०१७ मा हाइटीको राष्ट्रपति बनेका थिए । केही समयअघि उनले आफ्नो हत्या प्रयास भएको तर सुरक्षा अधिकारीले बचाएको बताएका थिए । एजेन्सी

















दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सर्वोच्चको आदेशविरुद्ध ट्रम्प :विश्वव्यापी १५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा
सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का
गुल्मीमा हवाई उडान कटौती , अब सातामा तीनपटक मात्र
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया