एमाले कार्यदलमा १० वुँदे सहमति (सहमतिपत्र सहित)
कार्यदलमा माधव नेपाल समुहका सदस्यहरुकै मत बाझियो, रघुजी पन्तले गरेनन सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठित कार्यदलले १० बुँदे सहमति गरेको छ । बिहान साढे ९ बजेदेखि सुरु भएको बैठक १३ घण्टापछि १० बुँदे सहमति जुटाएको हो ।
आफुहरुले लामो प्रयास र छलफल पछि १० वुँदामा रहेर सहमति जुटाएको सहमति पछि नेताहरुले बताएका छन् ।
यद्यपि, यो सहमति कार्यदल स्तरको मात्रै हो । कार्यदलका सदस्यहरुले भोलि बिहान सहमति पत्र अध्यक्ष केपी ओली र नेता माधव नेपाललाई बुझाउने छन्।
सहमति पत्रलाई माधव नेपाल र प्रधानमन्त्री केपी ओलीले कुन रुपमा लिन्छन् भन्ने खुलेको छैन । तर नेपालले आफुलाई भेटन आफ्नै निवासमा आएका निकट केन्द्रीय सदस्यहरुलाई अदालतको निर्णयलाई प्रभावित पार्ने गरी कुनै सम्झौता नहुने र त्यो आफुले नगर्ने आफनो समुहको बटमलाइन नै भएको धारणा राखेका थिए ।
नेपाल समुहका केन्द्रीय सदस्यहरुले भने माधव नेपाल स्वयंलाई घात गर्ने वार्ता टोलीको सदस्य किन चाहियो ? वार्ता टोलीका सदस्य सार्वभौम होइनन्, उनीहरुले माधव नेपालको समूहलाई प्रतिनिधित्व गरेका हुन्, उनीहरुले आफनो कुरा होइन समुहको कुरा कार्यदलमा गर्नुपर्छ । त्यसो गदैनन र आफुखुसी गर्न खोज्छन भने त्यो कार्यदल किन चाहियो ? भन्दै प्रश्न उठाएका थिए ।
त्यसपछि भने नेपालले आत्मसम्मान गुमाएर नेता वन्नु भन्दा सामान्य मानिस भएर बस्नु ठिक हुन्छ भन्दै आफुले एकपटक बोलेको बचनमा प्रतिवद्ध रहेको धारणा राखेका थिए ।
कार्यदल तहमा सहमति भइरहदा नेपाल समुहमा भने विभाजन देखिएको छ । सहमति पत्रमा माधव नेपाल पक्षका रघुजी पन्तले भने हस्ताक्षर गरेका छैनन ।
उनले नेपाल सहमत नभई सहमति पत्रमा हस्ताक्षर गर्नुको अर्थ नरहेको भन्दै हस्ताक्षर नगरेका हुन् ।










पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया