ललितानिवास काण्डमा फरार रहेका गच्छदार १० लाख धराैटी बुझाएर रिहा

काठमाडाैं । ललितानिवास जग्गा प्रकरणमा फरार रहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धराैटी बुझाएर रिहा भएका छन् ।
बालुवाटारस्थित ललितानिवासकाे जग्गा हिनामिनासम्बन्धी प्रकरणा अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर गरेपछि गच्छदार फरार रहेका थिए । कांग्रेसकाे नेतृत्वमा सरकार बनेसँगै उनी बयान दिन उनी अदालत पुगेकाे हुन् ।
उनी आज विशेष अदालतमा सशरीर उपस्थित भएर १० लाख धराैटी बुझाएर रिहा भएका हुन् । उनले बिहान १० बजे नै विशेष अदालत पुगेर बयान दिएका थिए । २०६६ सालमा माधवकुमार नेपाल नेतृत्वकाे सरकारमा भाैतिक याेजना तथा निर्माण मन्त्री हुँदा ललिता निवासकाे जग्गा हिनामिना भएकाे उनीमाथि आराेप लागेकाे छ ।
आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । अख्तियारले गच्छदारविरूद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियाे ।
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया