संघीय संसदको अधिवेशन आज सुरु हुँदै, देउवालाई समर्थन गरेको माधव नेपाल समूह कता बस्ला ?

काठमाडौं । संघीय संसदका दुबै सदनको अधिवेशन आज सुरु हुँदै छ । प्रतिनिधि सभाको आठौं र राष्ट्रिय सभाको नवौं अधिवेशन सुरु हुन लागको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनको बैठक अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् ।
करीब साढे तीन वर्ष सत्तामा रहेको नेकपा एमाले सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षीको हैसियतमा देखिने छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सत्तारुढ दलको रुपमा उपस्थित हुनेछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते विघटन गरेको प्रतिनिधि सभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।
संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्वन्धी पत्रको व्यहोरा जानकारी गराउने, मनत्रीमण्डल गठनबारे जानकारी गराउने बैठकको अध्यक्षता गर्ने व्यक्ति चयन गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

यद्यपि आजको बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ । अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने यसअघि नै जानकारी गराइसकेका छन् ।
चालु अधिवेशनमै प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने छन् । तर उनले कहिले विश्वासको मत लिने भन्ने टुंगो छैन ।
सर्वोच्चको फागुन ११ गतेको आदेसपछि फागुन २३ गते सुरु भएको प्रतिनिधि सभाको सातौं अधिवेशन बैशाख ६ गते अन्त्य भएको थियो । त्यसपश्चात तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बैशाख २७ गते विशेष अधिवेशन आह्वान भएको थियो ।
ओलीले संसदबाट विश्वासको मत पाउन नसकेपछि सोही दिन अधिवेशन अन्त्य गरिएको थियो । त्यसपछि बजेट अधिवेशन बोलाउने समयमा जेठ ८ गते दोस्रोे पटक प्रतिनिधि सभा विघटन गरिएको थियो ।
यस्तै राष्ट्रय सभाको बैठक पनि आजै अपरान्ह ४ बजे बस्दै छ । राष्ट्रिय सभाको बैठकका लागि राष्ट्रपति कार्यालयबाट आएको अधिवेशन आह्वान समन्धी पत्रबारे जानकारी गराउने र राष्ट्रपति कार्यलयबाट प्राप्त पत्रहरुको व्यहोरा जनाकारी गराउने सम्भावित कार्यसूची छ ।

गत जेठ २८ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्नै फैसला गरेकै दिन सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेकी थिइन् ।
कुनै पनि विधेयक दुबै सदनबाट पारित गर्नुपर्ने भएकाले एउटा सदनको मात्र अधिवशेन आह्वान गर्नुभको औचित्य नहुने निष्कर्ष सहित सरकारले दुबै सदनको अधिवशेन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया