यस्तो बन्दै छ, देउवाको ‘किचेन क्याविनेट’

काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधि सभामा उपस्थित २४९ सांसदमध्ये १६५ सांसदले देउवालाई विश्वासको मत दिए ।
प्रधानमन्त्रीमा नियुक्त भएको एक सातासम्म उनले औपचारिक रूपमा एउटा मात्रै नियुक्ति दिएका छन् । महान्यायाधिवक्तामा खमबहादुर खातीलाई मात्रै अहिले नियुक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता हुँदाका स्वकीय सचिव अधिवक्ता केशव जोशीले प्रधानमन्त्रीले सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताबाहेक अन्य केही पदमा पनि नियुक्त नगरेको जानकारी दिए । ‘सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ताबाहेक केही नियुक्त गर्नुभएको छैन । हिजो विश्वासको मत लिनुभयो । अब आजबाट केही सुरु होला,’ जोशीले भने ।
तर, किचन क्याविनेटमा बस्न भने नाम टिपाउने र सिफारिस गर्नेको संख्या सयौँ रहेको निकटस्थ स्रोत बताउँछ । धेरैले देउवा पत्नी डा. आरजु राणा देउवा र देउवा निकट नेताहरूसँग सिफारिस गराइरहेका स्रोत बताउँछन् ।
प्रमुख राजनीतिक सल्लाहकार, प्रेस सल्लाहकार र परराष्ट्र सल्लाहकारमा धेरैको प्रयास छ । निकटस्थ स्रोतले दिएको जानकारी अनुसार, प्रमुख राजनीतिक सल्लाहकारमा एक पदाधिकारीसहित तीन नेता लागिरहेका छन् । सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच प्रतिस्पर्धा छ । तर, देउवाले भने नेता एनपी साउदलाई प्रमुख राजनीतिक सल्लाहकार बनाएर सुदूरपश्चिममा आफूपछिको नेताका रुपमा स्थापित गर्न चाहन्छन् । साउदले भने आफू सल्लाहकार बनेर नजाने बताइसकेका छन् ।
त्यस्तै, प्रेस सल्लाहकारमा गोरखापत्र संस्थानका निवर्तमान महाप्रबन्धक वसन्तप्रकाश उपाध्याय, प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, प्रेस युनियनकै बहालवाला अध्यक्ष बद्री सिग्देल र देउवा यसअघि प्रधानमन्त्री हुँदा प्रेस विज्ञ भएका गोविन्द परियार र सुरेश आयार्य लागिरहेका छन् ।
सिग्देल पनि यसपटक बलियो प्रतिस्पर्धी हुन् । उनी प्रेस युनियनका अध्यक्ष छन् । नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य र अहिले विपुल पोखरेल नेतृत्वको प्रेस युनियन सहितको गठवन्धनलाई जिताउन उनले उल्लेखनिय भूमिका खेलेका थिए ।
केपी ओलीको प्रतिमगनकारी कदमका विरुद्द पत्रकार महासंघको मोर्चामा प्रतिगमन विरोधी मोर्चा बनाउन उनले प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल लगायतसँगको मोर्चा निर्माणमा भूमिका खेलेको र महासंघमा सोही अनुसारको गठवन्धनलाई जिताउन पहलकदमी लिएका मध्येका हुन् । यस अर्थमा पनि सिग्देल वलियो दावेदारका रुपमा रहेका छन् ।
परराष्ट्र सल्लाहकारमा यसअघि देउवा प्रधानमन्त्री हुँदा र सुशील कोइराला प्रधानमन्त्री बन्दा पनि परराष्ट्र सल्लाहकार भएका डा. दिनेश भट्टराईको सम्भावना प्रवल रहेको स्रोतले बतायो । उनी पूर्व राजदूतसमेत हुन् । अझ आफ्नै सासु प्रतिभा राणालाई राजदूतबाट फर्काएर परराष्ट्र सल्लाहकार बनाउने सम्भावना पनि रहेको स्रोतले बताउँछन् ।
सचिवालयमा भने सधै देउवाको सहयोगीका रूपमा रहेका भानु देउवाले प्रमुख स्वकीय सचिव पाउनेमा दुविधा नरहेको बुढानीलकण्ठ स्रोत बताउँछ । तर, काम सबै भानुबाट गराउने, प्रमुख स्वकीय सचिवमा अली कोही आफू पक्षको सिनियर नेतालाई बनाउनेबारे छलफल भइरहेको स्रोत बताउँछ । भानु देउवाका भतिज हुन् ।
त्यस्तै, सचिवालयमा केशव जोशी, विरेन्द्र थापा, तेजराज भण्डारीलगायतको नियुक्ति निश्चित रहेको स्रोतले बतायो । सुरक्षा सल्लाहकार, प्रशासन सल्लाहकार, स्वास्थ्य सल्लाहकार राख्ने भनेर छलफल भए पनि कसलाई राख्ने भन्नेमा कुनै कुराकानी नभएको स्रोत बताउँछ ।
प्रधानमन्त्रीले आफ्नो सचिवालयमा हाराहारी ५० जनासम्म राख्न सक्छन् । तर, ठूलो सचिवालय बनाउने पक्षमा देउवा नरहेको उनी निकट नेताहरू बताउँछन् । आफूमा अहिलेसम्म सबैभन्दा ठूलो मन्त्रिपरिषद् र सचिवालय बनाउने तथा कुनै नयाँ काम गर्न नसक्ने भनेर बनाएको छवीलाई सुधार्ने गरी काम गर्ने उनले निकटस्थ नेताहरूसँग बताउने गरेका छन् । राम्रो काम गर्न भन्दै काम गर्न काविल बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन मन्त्री बनाएको उनको तर्क हुने गरेको छ ।
गठबन्धन दलहरूलाई पनि काम गर्न सक्ने नेताहरू मात्रै मन्त्रीमा सिफारिस गर्न भनेका छन् । माओवादीबाट अर्थमन्त्री भएका जनार्दन शर्मा, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषाल यसअघि राम्रै काम गरेका नेतामा गनिन्छन् ।

















पाटन दरबार सङ्ग्रहालय अवलोकन गर्न अनलाइनबाटै टिकट
ठगीको अभियोगमा तीन जना पक्राउ
बंगलादेशमा बीएनपीलाई बहुमत, ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै रहमान
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
विश्वकपमा आज तीन खेल, पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा हुँदै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया