ओलीको केन्द्रीय समिति बैठक बसेकै हलमा प्रचण्ड, माधव नेपालले सम्वोधन गर्ने

काठमाडौं । केपी ओली प्रधानमन्त्रीवाट हटेर बालकोटा नीजि निवासमा सरेपछि एमालेको पार्टी बैठकहरु ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको हलमा हुँदै आएको छ । विगत केही दिन यता एमाले पार्टी बैठक त्यही हलमा भईरहेको छ । आजै पनि पुष्पलाल स्मृति दिवस र पार्टी बैठक त्यही प्रतिष्ठानमा ओलीले राखेका थिए ।
तर त्यही हलमा शुक्रवार भने एउटै मञ्चवाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका बरिष्ठ नेता माधव नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहतिका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।
एमालेकै माधव नेपाल समुहका नेता जगन्नाथ खतिवडा अध्यक्ष रहेको पुष्पलाल मित्रता केन्द्रले शुक्रवार ‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ शीर्षकमा कार्यक्रम आयोजना गर्न लागेको खतिवडाले जानकारी दिएका छन् ।
कार्यक्रममा प्रचण्ड, माधव नेपाल, मोहन वैद्य (किरण), चित्रवहादुर केसी, नेत्रविक्रम चन्द (विप्लव), चन्द्रदेव जोशी र अष्टलक्ष्मी शाक्यलाई वक्ताको रुपमा आमन्त्रण गरिएको छ ।

















Price of gold and silver declines in domestic market
लोकतान्त्रिक मूल्य र आदर्शलाई थप सशक्त बनाउन पार्टीको अभियानमा साथ दिन कांग्रेसको आग्रह
Bangladesh nationalists claim big election win, Islamists cry foul
PM tabling Muslim Commission’s report in National Assembly
Prime Minister Karki in Taplejung
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
प्रतिक्रिया