कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा बस्दै, आसन्न १४ओं महाधिवेशनबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्दै छ । बैठकमा आसन्न १४ औं महाधिवेशनको तयारी र विवादित बनेको क्रियाशील सदस्यताका विषयमा छलफल हुने बताइएको छ ।
बैठक अहिले केहीबेरमा पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रधानमन्त्री समेत रहेका सभापति देउवाले पार्टीका बैठक वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा नराख्ने बताएसँगै बैठक बुढानिलकण्ठस्थित निजी निवासमा बस्न लागेको हो ।
पार्टी कार्यालयमा विभन्न माग राखेर कार्यकर्ता अनसनमा बसेपछि कांग्रेसलाई बैठक राख्न सकस भएको हो ।
कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने यसअघि नै तय भएको छ । यद्धपी निर्धारित कार्यतालिका अनुसार क्रियाशील सदस्यताको विवाद तोकिएको समयमा टुङ्ग्याउन नसक्दा कार्यतालिका प्रभावित हुने देखिएको छ ।
















China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
यस्तो बन्याे प्रधानमन्त्री बालेनको सचिवालय टिम
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
प्रतिक्रिया