अन्तत: भीम रावल राजीनामा फिर्ता लिन तयार
पार्टीभित्र चौतर्फी दबाब बढेको प्रतिक्रिया

काठमाडौं । आवेगमा आएर उत्तेजित पारामा संसदबाट राजीनामा दिएका एमाले अछाम १ का सांसद भीम रावल अन्तत राजीनामा फिर्ता लिन तयार भएका छन् ।
उनलाई राजीनामा दिन जादा साउन ३ गते एमालेकै नेपाल निकट नेता सुरेन्द्र पाण्डेले रोक्न प्रयास गरेका थिए । नेता पाण्डेको प्रयासलाई अटेर गर्दै रावलले राजीनामा दिएका थिए ।
आवेगमा राजिनामा दिएका रावललाई त्यसपछि भने राजीनामा दिएर गल्ती गरेको आफैंले महसुस गरेका थिए । त्यसपछि उनले आफैंले राजीनामा फिर्ता लिनका लागि बाहिरी माहोल बनाउन लागि परेको थिए ।
त्यसका लागि आफुमाथी दवाव बढाएको जस्तो बनाएर उनी राजीनामा फिर्ताको वातावरण बनाउन लागेका थिए । पार्टी र सांसद तथा स्थानीय नेता कार्यकर्ताको दबाबका कारण आफु राजिनामा फिर्ता लिन तयार भएको उनको भनाई छ ।
नेता रावललाई राजीनामा फिर्ता गराउने एमालेको असन्तुष्ट वरिष्ठ नेता माधव कुमार नेपाल समूहले साउन ६ गते बोलाएको स्थायी कमिटी बैठकमा उनी सहभागि भएनन् ।
बुधबार नै नेता नेपाल टोखास्थित नेता रावलको निवासमा पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । एमाले नेता कार्यकर्ताले भने नेता नेपाललाई आफ्नै निवासमा बोलाएर राजीनामा फिर्ताको दवाव दिन लगाएको जस्तो बनाएको आरोप लगाएका छन् ।
बुधबार नेता नेपालसँग आफ्नै निवासमा भेटवार्ता गरेका रावलाई शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले टेलिफोन वार्ता गरेका छन् । सो वार्ताका क्रममा अध्यक्ष ओलीले पनि राजीनामा फिर्ता लिन आग्रह गरेको ओली निकट स्रोतले जनाएको छ ।
रावललाई राजीनामा फिर्ता गराउन सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एमाले सांसदहरुको डेलिगेशन नै गएको थियो ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा साउन ४ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले रावलले राजीनामा फिर्ता लिनु पर्ने बताएका थिए ।
पार्टी उपाध्यक्ष वामदेव गौतमले पनि रावलको राजीनामा अनुपयुक्त भएको बताएका थिए । उनी आफैं पनि संसदमा बुझाएको राजीनामाका विषयमा बुझ्न र सनाखतमा गएका थिएनन् ।
उनले राजीनामा बुझाएका मात्र थिए । उनले सम्भवत आजै राजीनामा फिर्ताको घोषणा गर्ने तयारी रहेको उनी निकट नेताहरुले बताएका छन् । एमालेका अन्य नेताले भने रावलले घुक्र्याउन मात्र राजीनामाको विषय अघि सारेको टिप्पणी गरेका छन् ।
















छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
Hetauda Cement Industry resumes clinker production
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया