मंगलबार, माघ १३, २०८२

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक सुरु

मेरोन्यूज २०७८ साउन ८ गते ११:०४

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बैठक सुरु भएको हो ।

आसन्न १४ औँ महाधिवेशनका बारेमा छलफल गर्न बैठक बसेको हो । बैठकमा निर्वाचन समितिका संयोजक महादेव यादवले तथा क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकले कार्य प्रगति विवरण प्रस्तुत गर्ने भएको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठक महाधिवेशन केन्द्रीत हुने छ ।

प्रतिक्रिया