सुजिता मृत्यु प्रकरण : दाजु नाता पर्नेसँग विवाहको प्रस्ताव गरेपछि विवाद

काठमाडौँ । चितवन राप्ती नगरपालिकाकी २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले उनकै दाइ पर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मृतक सुजिताको ठूलो बुवाका छोरा पर्ने झापा जिल्लाको झापा गाउँपालिका ६ शरणमतिका २३ वर्षीय सचिन भनिने सुकदेव भण्डारीलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुजिताको दाइ नाता पर्ने सचिन रहेको प्रहरीले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । प्रहरीका अनुसार सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी भएको खुलेको छ । असार ९ गते सुजिताले विवाह गर्न प्रस्ताव गरेपछि यी दुईमा विवाद सृजना भएको थियो । उनीहरु विदेशमै पुगेर बिहे गर्ने सोचमा रहेको प्रहरीले जनाएको छ ।
असार ११ गते बेपत्ता सुजिता २० गते राप्ती नगरपालिका ३ स्थित सामुदायिक वनमा मृत भेटिएकी थिइन् । सुजितालाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै आमा अम्बिका भण्डारीले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरेकी थिइन् ।
सुकदेवविरुद्ध ज्यान सम्बन्धि कसुरअन्तर्गत ५ वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्नेछ ।
















इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
भारतीय दूतावासद्वारा नागरिकलाई इरानबाट तुरुन्त बाहिरन आग्रह
राष्ट्रियसभा अन्तर्गतका चार समितिका सभापतिको पदबहाली
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रतिक्रिया