मंगलबार, वैशाख २२, २०८३

सतर्कताको अनुरोध

मनिभक्त राई २०७८ साउन ९ गते १४:१७

पानीको विरोध
आगोले कहिल्यै गर्न सक्दैन
तर
जब आगोले न्यानोपन दिन छोड्छ!
आगो भएरै आगो हुनुको धर्म भुल्छ!
अनि सीमा नाघेर डढेलो जान थाल्छ!
तब आगोको विरोध चाहिँ
पानीले अवश्य गर्छ।

Advertisement
NiccNicc

यतिबेला हामी पानी हौँ

आगोहरु सीमा नाघेर बलिरहेछ-
राष्ट्रको माथिल्लो अंगहरुमा।

त्यसैले याद रहोस्!
पानीले दृढ इच्छा राखि पछि-
सिमसिमे पर्न जान्दैन!
कि त चट्याङसंग बर्सिन्छ।
कि त भेल भएर पोखिन्छ।
कि त आँधीसंग मिसिएर उड्छ।

लेखक राई इलामका हुन् ।

प्रतिक्रिया