लकडाउनको विरोध गर्दै अस्ट्रेलियामा प्रदर्शन
काठमाडौँ । अष्ट्रेलियाका विभिन्न राज्यमा कोरोना भाइरस संक्रमण फैलिएसँगै सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य संकटकालको विरोधमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका छन् ।
सरकारले महामारी संक्रमण नियन्त्रण गर्न घोषणा गरेको लकडाउन तथा स्वास्थ्य संकटकालको उपायको विरोध गर्दै शनिबार लकडाउनविरुद्धको प्रदर्शनलाई अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गरेका छन् ।
प्रदर्शनका सहभागीलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’को संज्ञा दिँदै तिनले कोरोना फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताए । उनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै उपाय नभएको बताउँदै आएका छन् ।
यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गरेकी छन् । विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ । एजेन्सी
















सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड
गाजा व्यवस्थापनका लागि हमासको नयाँ पहल
अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै
‘Operation Safety’ over the night: Five gangsters arrested; 18 held from airport
५० प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया