वायुसेवा निगम निजीकरण नगर्न सर्वोच्चको निर्देशन
मेरोन्यूज
२०७८ साउन १० गते १९:२८

काठमाडौँ । नेपाल वायुसेवा निगमलाई निजीकरण नगर्न सर्वोच्च अदालतले अन्तिरम आदेश दिएको छ । अदालतले निजीकरणको कामलाई यथावस्थामा राख्न आदेश दिएको हो ।
अधिवक्ता आतिस कार्कीले दायर गरेको रिट निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त आदेश दिएको हो ।
‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेश सम्बन्धमा निर्णय हुनअघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नेसम्बन्धी सम्पूर्ण कार्य जे जस्तो अवस्थामा छ सोही अवस्थामा यथास्थितिमा राख्नु, आदेशमा भनिएको छ, निजीकरणका सम्बन्धमा कुनै निर्णय गर्नु नगराउनु ।’
निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनेर निवेदन दर्ता गरेकाले दुवै पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने भन्दै साउन २५ गते अन्तरिम आदेश छलफलको पेसी तोकी उपस्थित हुन निर्देशन दिएको छ ।
सम्बन्धित
















‘स्टन्ट’ गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने चार जना पक्राउ
राष्ट्रियसभामा दुई प्रतिवेदन पेस
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर
युरोपेली युनियनद्वारा रूसी ग्यासमा प्रतिबन्ध
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
प्रतिक्रिया