पूर्व मन्त्री पोखरेलद्वारा हरित अभियन सुरु, पहिलो चरणमा ३ लाख विरुवा रोपिने

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा हरित अभियान सञ्चालन भएको छ । यस अभियानमार्फत पहिलो चरणमा करिब ३ लाख विरुवा वृक्षरोपण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वव्यापी जलवायु परिवर्तन तथा वातावरणीयमा चुनौती थपिएको भन्दै समस्याहरू समाधानको प्रयास गरेको जनाइएको छ । नेपालको चुरे क्षेत्रमा हरित उत्सर्जन भएको भन्दै हरित अभियान सञ्चालनमा ल्याइएको हो ।
‘चुरेको वातावरणमा निरन्तर ह्रास भएको छ भने यसको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरुभूमिकरण गरिरहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चुरेलाई दीर्घकालीन रूपले संरक्षण गर्नका लागि बृहत् वृक्षारोपण, समुदायको जीविकोपार्जन मुखी संरक्षण, एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार कार्यक्रम, पारिस्थितिक प्रणालीको पुनर्स्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम संचालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने छ ।’
हरित अभियानमा सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वस्थ सम्बन्धलाई पुनर्स्थापित गराउने पहल भएको जनाएको छ । यसको लागि सबै सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज, स्थानीय समुदायले सहयो गर्न अपिल गरिएको छ ।











पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया