पूर्व मन्त्री पोखरेलद्वारा हरित अभियन सुरु, पहिलो चरणमा ३ लाख विरुवा रोपिने

काठमाडौँ । प्रतिनिधिसभाका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको नेतृत्वमा हरित अभियान सञ्चालन भएको छ । यस अभियानमार्फत पहिलो चरणमा करिब ३ लाख विरुवा वृक्षरोपण गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विश्वव्यापी जलवायु परिवर्तन तथा वातावरणीयमा चुनौती थपिएको भन्दै समस्याहरू समाधानको प्रयास गरेको जनाइएको छ । नेपालको चुरे क्षेत्रमा हरित उत्सर्जन भएको भन्दै हरित अभियान सञ्चालनमा ल्याइएको हो ।
‘चुरेको वातावरणमा निरन्तर ह्रास भएको छ भने यसको प्रत्यक्ष असरले गर्दा तराईको उर्वर भूमिलाई मरुभूमिकरण गरिरहेको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चुरेलाई दीर्घकालीन रूपले संरक्षण गर्नका लागि बृहत् वृक्षारोपण, समुदायको जीविकोपार्जन मुखी संरक्षण, एकीकृत जलाधार व्यवस्थापनको अवधारणा अनुसार कार्यक्रम, पारिस्थितिक प्रणालीको पुनर्स्थापना, विपद व्यवस्थापन, पारिस्थितिक प्रणालीमा आधारित कृषि, संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको दोहनलाई नियन्त्रण र ज्ञान केन्द्रको अवधारणाका कार्यक्रम संचालन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने छ ।’
हरित अभियानमा सम्पूर्ण मानव तथा प्रकृतिबीचको स्वस्थ सम्बन्धलाई पुनर्स्थापित गराउने पहल भएको जनाएको छ । यसको लागि सबै सरकारी, गैर सरकारी, निजी क्षेत्र, नागरिक समाज, स्थानीय समुदायले सहयो गर्न अपिल गरिएको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया