शनिबार, माघ १२, २०८१

एमाले नेता नेपालसँग वार्ता गर्न माओवादी अध्यक्ष प्रचण्ड कोटेश्वरमा

मेरोन्यूज २०७८ साउन १४ गते १५:०४

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग वार्ता गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन् । दुई नेताबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल हुने बताइएको छ ।

Advertisement

प्रधानमन्त्री शेर बहादुर देउवासँग मन्त्रालय बाँडफाँडको बारेमा छलफल गरेलगत्तै प्रचण्ड नेपाल निवास गएका हुन् । नेपाल पक्षलाई सरकारमा सहभागी गराउन सत्तारुढ गठबन्धन तयार रहेको छ ।

नेपाल पक्षले पार्टी एकता कायम राख्ने टुंगो नलागेसम्म सरकारमा सहभागी नहुने बताएको छ । नेपाल पक्ष सरकारमा सहभागी नभएपनि अन्य राजनीति नियुक्तिमा स्थान दिने गठबन्धनमा सहमति भएको छ ।

प्रतिक्रिया