मानव बेचबिखनमा संलग्न २ युवती पक्राउ, ३ फरार

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा वीरगंज महानगरपालिका १६ इनर्वाबाट मंगलबार २ जना पक्राउ परेका छन् । प्रहरीले झापा विर्तामोड ९ बस्ने २० वर्षीया लक्ष्मी दास र सुनसरी इटहरी उपमहानगरपालिका १२ बस्ने १९ वर्षीया खुश्बु विश्वकर्मालाई पक्राउ गरेको छ ।
झापाबाट १६ वर्षीया र २० वर्षीया युवतीलाई भारतको विहार राज्यस्थित छौँडादानो भन्ने स्थानमा पु¥याई बेचबिखन भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतीय काउन्टरपार्ट्ससँगको समन्वयमा उनीहरुको उद्धार गरेको थियो ।
थप अनुसन्धानको क्रममा उनीहरुले ती किशोरी र युवतीलाई वीरगंजमा अर्केष्ट्रामा आकर्षक तलब हुने काम लगाइदिने प्रलोभनमा पारी वीरगंज बसपार्कसम्म ल्याई काम गर्ने ठाउँसम्म पु¥याउने भन्दै झुक्याई भारत बिहारको छौँडादानो भन्ने स्थानमा लगी भारतकै अन्यत्र पठाउन खोजेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरु उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप गरी मानव बेचबिखन कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार साथै उक्त घटनामा संलग्न हाल फरार अन्य ३ जनाको समेत प्रहरीले खोजी गरिरहेको छ ।
















नयाँ वर्ष २०८३ को अवसरमा केयी नेपालको देशभर एक्स्चेन्ज क्याम्प
संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने
एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया