आजबाट सर्वोच्चले पूर्णरुपमा सेवा दिने
अदालतले सेवा संकुचन गरेको अवधिभित्रको हदम्याद लाग्ने छैन, म्याद र तारेख गुज्रिएको मानिने छैन ।

काठमाडौं । सर्वोच्च अदालतले आजबाट पूर्णरुपमा सेवा दिने जनाएको छ । गत १ साउनमै विज्ञप्ती जारी गर्दै सर्वोच्चले १५ गत्तेबाट सबै सेवा सुचारु गरिने बताएको थियो ।
कोरोना महामारीका कारण सेवा संकुचित गरेको तीन महिनापछि सर्वोच्चले सबै प्रकारका सेवाहरु यसरी नियमित रुपमा सञ्चालन गर्ने भएको हो । ३१ असारमा बसेको सर्वोच्चको पूर्ण बैठकले यस्तो निर्णय गरेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले बताए ।
‘।।सर्वोच्च अदालतबाट सम्पादन हुने काम कारवाही र सेवा प्रवाहका सम्बन्धमा मिति २०७८÷०१÷१४ तथा तत्पश्चात् विभिन्न मितिमा बसेको पूर्ण बैठकबाट आवश्यक निर्णयहरु भइ सो अनुरुपको व्यवस्थापन हुँदै आएकोमा २०७८÷०४÷१५ देखि स्वास्थ्य सुरक्षासम्बन्धि निर्धारित सम्पूर्ण मापदण्डहरुको पूर्णपालना हुनेगरी यस अदालतबाट प्रवाह गरिने सबैप्रकारका (दर्ता र सुनुवाइसम्बन्धि) सेवाहरु नियमित रुपमा सञ्चालन गर्ने,’ पूर्णबैठकबाट भएको निर्णयबारे जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
अदालतले सेवा संकुचन गरेको अवधिभित्रको हदम्याद, म्याद र तारेख गत वर्ष १५ जेठमा गरेको आदेशअनुसार हुने जनाएको छ । अर्थात् यस अवधिमा हदम्याद लाग्ने छैन भने म्याद र तारेख गुज्रिएको मानिने छैन ।
नेपालमा कोभिडको दोस्रो लहर सुरु भएसँगै सर्वोच्चले आफ्नो सेवामा सीमितता ल्याएको थियो । सर्वोच्चसँगै अन्य अदालतहरुले पनि संक्रमण फैलन नदिन विभिन्न किसिमका सेवा बन्द गरेका थिए ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया