बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली (नुवाकोट)।नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा छुट्याउने क्रममा सोही स्थानका रणे तामाङको मृत्यु भएको छ । घेवारचौरस्थित ओङ्दी शेर्पा र उनका छोरा कुन्सा ग्याल्जेन शेर्पाबीचको झगडा छुट्याउन गएका ३३ वर्षीय रणे तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार ओङ्दीको आमा चुङ्दी बिरामी भएकाले उनको स्वास्थ्यावस्था बुझ्न पुगेका छिमेकी तामाङले सोही समयमा भइरहेको शेर्पा र उनका छोराको विवाद समाधानका लागि सम्झाउने प्रयास गरेका थिए । बाबुछोराको विवाद बढ्दै गएसँगै बीचमा रहेर छुट्याउन लागेका तामाङको लडेर घटनास्थलमा नै मृत्यु भएको हो ।
उनको शरीरमा चोटपटक केही नभएको हुँदा शवको परीक्षणपश्चात् मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ । शव परीक्षणका लागि आज त्रिशूली अस्पतालमा ल्याइएको छ भने घटनाका सम्बन्धमा कारबाहीका लागि अनुसन्धान गर्न प्रहरीले ५२ वर्षीय ओङ्दी शेर्पा र उनका छोरा २६ वर्षीय कुन्सा ग्याल्जेन शेर्पालाइ पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूविरुद्ध ‘ज्यानसम्बन्धी कसुर’मा नियन्त्रणमा राखेर अनुसन्धानका लागि आज नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएको जनाएको छ ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया