जलवायु परिवर्तन नियन्त्रण नगरे भयवह : नेता पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले जलवायु परिवर्तनसँगै देखिएको विपदले ठूलो क्षति पुर्याएको बताउँदै सरकारले ध्यान दिनु पर्ने बताएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विपदको क्षति हिसाब गर्न नसकिने भएको बताए ।
नेता पोखरेलले जलवायु परिवर्तनका कारण नेपालमा मात्र नभई विश्वका शक्तिशाली देशमा समेत ठूलो असर पुगेको बताए । ‘हामीले नदीको धारमा जति बलमिचाइँ गर्छौँ, त्यति नै नदीले बल प्रदर्शन गर्दछ,’ उनले भने, ‘हाम्रो देशमा ठूला आयोजनाहरू सुरक्षित छैन, जलवायु परिवर्तनसँगै विकास निर्माण गर्नु पर्दछ ।’
बैठकमा बोल्दै उनले जलवायु परिवर्तनलाई न्युनीकरण गर्न १० बुँदे कार्य पत्रसमेत पेश गरेका थिए । उनले स्थानीय जनसमूदायलाई समेत उचित हुने गरी नीति निर्माण गर्नु पर्ने बताए ।
उनले जलवायु परिवर्तनका कारण गत महिनामा मेलम्ची र मनाङमा ठूलो धन जनको क्षति पुगेको बताउँदै आगामी दिनमा यसलाई नियन्त्रण नगरे चुरे क्षेत्रमा यस्तो समस्या देखा पर्ने बताए ।









जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रधानमन्त्रीसमक्ष जेन-जी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस
यूक्रेन–रूस द्वन्द्वः मस्को विमानस्थलहरू प्रभावित, यात्रु पर्खाइमा
सुदूरपश्चिमका यी अखिलका पूर्वनेता केन्द्रीय सदस्यमा ‘डेब्यु’ गर्ने तयारीमा
एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने
फाइनलमा पुग्न विराटनगरलाई १५६ रनको लक्ष्य
सुदूरपश्चिमविरुद्ध पहिले बलिङ गर्दै विराटनगर
प्रतिक्रिया