कर्णाली नदीमा गाडी खस्दा तीनजना घाईते, दुई जना बेपत्ता

कैलाली । कैलालीको कर्णाली नदीमा गाडी खस्दा तीनजना घाईते भएका छन् भने दुई जना बेपत्ता भएका छन् । पाँच जना सवार रहेको उक्त गाडी सडकबाट कर्णाली नदिमा खसेको हो ।
घाईते भएका तीन जनाको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । उपचार भइरहेका मध्ये एक जनाको अवस्थाको गम्भीर र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् । उनले मेरोन्यूजलाई नदीमा खसेको गाडी भेटिएको पनि जानकारी दिएका छन् ।
यस्तै बेपत्ता भएका दुबैजनाको खोजी भइरहेको बताएको छ । कैलालीको मोहन्याल गाउँपालिका वडा न. ७ बाँकास्थित चिसापानीदेखी सोल्टा जाने कच्ची सडक खण्डमा नम्बर नखुलेको जिप सडकमा ब्याक गर्ने क्रममा सडकबाट अन्दाजी २५०/३०० मिटर तल कर्णाली नदिमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडीमा सवार डोटीको आदर्श गाउँपालिकाकाका अन्दाजी ४० का गाडी चालक चन्द्र प्रकाश जोशी र अन्दाजी ३० कि रुवि जोशी बेपत्ता रहेको प्रहरीले जनाएको छ । यस्तै, अन्दाजी ८ वर्षीय लक्ष्मी जोशी, अन्दाजी २ वषका भुवन जोशी र अन्दाजी ६ वर्षीय सावित्री जोशी नेपालगञ्ज मेडिकलेजमा उपचार भइरहेको एसपी अधिकारीले बताए ।
जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्न गएका थिए ।











युक्रेनी नेता जेलेन्स्की र अमेरिकी राष्ट्रपति ट्रम्पबीच फ्लोरिडामा भेटवार्ता हुने
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
दुई दिनदेखि बेपत्ता रहेका व्यक्ति मृत फेला, हत्याको आशङ्का
म्यान्मामा पाँच वर्षपछि पहिलो पटक आम चुनाव हुँदै
रवि र बालेन सहमति नजिक, भोलि अन्तिम रूप दिने तयारी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
मन्त्री कुलमान घिसिङले सार्वजनिक गरे सय दिनका १०१ काम
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
प्रतिक्रिया