योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

गलेश्वर । म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण गराइएको छ ।
अघिल्लो सरकारले निरन्तरता दिएको सडक, शिक्षा, खानेपानीलगायतका योजना तथा कार्यक्रमलाई अहिलेको सरकारले कटौती गरेको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताए ।
दुई वर्षदेखि निरन्तररुपमा बजेट विनियोजन भएका ती योजना कटौती भएपछि गाउँपालिकाले प्रदेश सरकारसमक्ष बजेट व्यवस्थापन गरिदिन अनुरोध गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई अध्यक्ष पुनसहितको टोलीले भेटेर बजेटलाई निरन्तरता दिन अनुरोध गरेको छ ।
सडक, शिक्षा र खानेपानीजस्ता जनतालाई प्रत्यक्ष प्रभाव पार्ने योजना कटौती गरेर प्रदेश सरकारले विकटको धौलागिरि गाउँपालिकालाई उपेक्षा गरेको उनले बताए ।
प्रदेश सरकारको सहयोगमा दुई गाउँपालिका जोड्ने महत्वको सडक दरबाङ–बिम–मराङ–मल्कबाङ, कुइने हुँदै पाखापानी जोड्ने कृषि सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन), मुना लुलाङ, गुर्जा सडक (अघिल्लो वर्ष एक करोड २५ लाख विनियोजन) र हेम मावि सिवाङलाई सामाजिक विकास मन्त्रालयबाट नमूना आवासीय विद्यालय सञ्चालनका लागि गत वर्ष दुई करोड रुपैयाँ विनियोजन भएको थियो ।
यसैगरी वडा नम्बर ४ मुदीको बृहत् खानेपानी योजना पनि कटौती गरिएको छ । मुदीवासीका प्रत्येक घरमा खानेपानी उपलब्ध गराउन करिब एक करोड २५ लाख बराबरको बजेट अनुमान गरी कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।
प्रदेश सरकारले यसपालिको बजेट वक्तव्यमा उक्त योजना समावेश नगरेपछि योजना अलपत्र पर्ने उनले बताए ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
प्रतिक्रिया