कतार जाँदै हुनुहुन्छ भने फेरियो मापदण्ड, अब यी मापदण्ड पूरा गर्नुपर्छ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा कतारले आफ्नो मुलुक प्रवेश गर्ने सबैका लागि मापदण्ड परिवर्तन गरेको छ ।
कतारले मापदण्ड परिवर्तन गरेसँगै कतारस्थित नेपाली दुताबासले पनि सो कुरा जानकारी गराउन आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।
सोही अनुसार अब नेपालबाट कतार जाने जो कोहीले अनिवार्य रुपमा हाेटल क्वारेन्टिन बस्नुपर्ने छ ।
यही साउन १८ गतेबाट लागू हुने उक्त मापदण्ड अनुसार कतार मै कोरोना विरुद्धको दुबै मात्रा खोप लगाएको वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारिन्टिन बस्नेपर्ने उल्लेख छ ।
यस्तै कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरुले १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने छ ।
दुतावासले जारी गरेको सूचना
नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड लागू हुने सम्बन्धी जानकारी ।
२ अगस्ट २०२१ (तदनुसार २०७८ श्रावण १८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका होटल क्वारेन्टिनको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छः
१. कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोभिड–१९ संक्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारेन्टिन बस्नुपर्ने । दोश्रो दिनमा पि सी आर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने ।
२. कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरूले १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने।
३. खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेश भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने ।
थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।
२०७८ श्रावण १५
नेपाली राजदूतावास
दोहा, कतार ।
















ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया