कतार जाँदै हुनुहुन्छ भने फेरियो मापदण्ड, अब यी मापदण्ड पूरा गर्नुपर्छ

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त बनाइरहेको अवस्थामा कतारले आफ्नो मुलुक प्रवेश गर्ने सबैका लागि मापदण्ड परिवर्तन गरेको छ ।
कतारले मापदण्ड परिवर्तन गरेसँगै कतारस्थित नेपाली दुताबासले पनि सो कुरा जानकारी गराउन आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ ।
सोही अनुसार अब नेपालबाट कतार जाने जो कोहीले अनिवार्य रुपमा हाेटल क्वारेन्टिन बस्नुपर्ने छ ।
यही साउन १८ गतेबाट लागू हुने उक्त मापदण्ड अनुसार कतार मै कोरोना विरुद्धको दुबै मात्रा खोप लगाएको वा कतारमा कोरोना संक्रमण भइ निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारिन्टिन बस्नेपर्ने उल्लेख छ ।
यस्तै कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरुले १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने छ ।
दुतावासले जारी गरेको सूचना
नेपालबाट कतार प्रवेश गर्दा अनिवार्य होटल क्वारेन्टिन बस्नुपर्ने मापदण्ड लागू हुने सम्बन्धी जानकारी ।
२ अगस्ट २०२१ (तदनुसार २०७८ श्रावण १८ गते) देखि लागू हुने गरी कतार सरकारले कतार प्रवेश गर्ने यात्रुहरुका लागि जारी गरेको अद्यावधिक मापदण्ड अनुरुप नेपालबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायका होटल क्वारेन्टिनको पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छः
१. कतारमा दुवै मात्रा खोप लगाएका वा कतारमा कोभिड–१९ संक्रमण भई निको भएका यात्रुहरुको हकमा २ दिन होटल क्वारेन्टिन बस्नुपर्ने । दोश्रो दिनमा पि सी आर परीक्षण गरी नेगेटिभ नतिजा आएपछि आफ्नो गन्तव्यमा जान पाइने ।
२. कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका वा नलगाएका QID वाहक यात्रुहरूले १० दिन होटल क्वारेन्टिन बस्नुपर्ने।
३. खोप नलगाएका (पारिवारिक, पर्यटक वा बिजनेश भीसा अन्तर्गतका) यात्रुहरूलाई कतारमा प्रवेश नदिईने ।
थप जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला ।
२०७८ श्रावण १५
नेपाली राजदूतावास
दोहा, कतार ।










हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ
आईजीपी कार्कीको निर्णय : कार्यालय सहयोगीदेखि वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा बढाउने
प्रधानमन्त्री कप छनोटः गजेन्द्रको शतकमा निङ्गलाशैनी विजयी
रुन्चे गायकको ‘बुढाबुढी’ गीत सार्वजनिक
मधेस प्रदेशका सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बलिउड अभिनेता धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि सन्नी देओल के भन्छन् ?
आज २०८२ साल कात्तिक २६ गते बुधबारको राशिफल
यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय
वायुसेवा निगमको महाप्रबन्धक नियुक्तिको प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
फुटबलबाट सन्यास लिँदै रोनाल्डो
प्रतिक्रिया