झापाका पाँच बालकको भारतबाट उद्धार
घुम्न गएका उनीहरुलाई नियन्त्रणमा लिएर पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा राखिएको थियो

झापा । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ ।
विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य दूतावाससँगको सहकार्यमा उद्धार गरेका पाँचमध्ये चार जना मेचीनगर नगरपालिका र एक जना दमकको रहेका छन् ।
शुक्रबार उद्धार गरिएका बालकमा मेचीनगर–१ गाडागल्लीका १६ वर्षीय अनिश विश्वकर्मा र १४ वर्षीय महेश विश्वकर्मा, मेचीनगर–५, अधेरीका १५ वर्षीय नवीन लिम्बू र १६ वर्षीय रोमन कटुवाल तथा दमकका १४ वर्षीय खेम राजवंशी रहेको संस्थाका कोअर्डिनेटर कुमार बस्नेतले बताए ।
उद्धार गरिएका सबैलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको छ । उद्धार गरी ल्याइएका बालकले आफूहरु २०७६ सालमा घुम्नका लागि भारत गएका बेला आफूहरुलाई नियन्त्रणमा लिएर भारतको पश्चिम बङ्गालस्थित जलपाइगुडी जिल्लाको एक बालगृहमा लगिएको बताएका छन् ।
विश्व सेवा विस्तारले विगत पाँच वर्षदेखि झापाको काँकडभिट्टा तथा भद्रपुरस्थित सीमानाकामा रहेर चेलबेटी बेचबिखन तथा बालअधिकारको क्षेत्रमा रहेर गतिविधि सञ्चालन गर्दै आइरहेको छ ।

















४५ स्थानको नतिजा आउँदा ५ क्षेत्रमा महिला विजयी
दाङ-२ शंकर पोखरेललाई हराउँदै रास्वपाका आचार्य विजयी
सुनसरी – १ मा अग्रता बढाउँदै हर्क
सङ्खुवासभामा मतगणना सुरु
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
राष्ट्रिय सुरक्षा परिषदको बैठक जारी
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
प्रतिक्रिया