आइतबार, माघ ६, २०८१

नेपालमा देखिएको डेल्टा भेरियन्ट कतिको संक्रामक ?

तेस्रो लहरमा बालबालिका कोरोनाको उच्च जोखिममा

डा. शेरबहादुर पुन , सरुवा रोग विशेषज्ञ २०७८ साउन १६ गते १२:१०

कोरोना भाइरसको डेल्टा भेरियन्ट नै बढी संक्रामक भएको भनिरहदाँ यसको नयाँ म्युटेसन देखिँएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बतायो । नयाँ भेरियन्ट भनिदाँ धेरै मानिसहरु कन्फ्युज पनि देखिएका छन् । तर अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन् । जुन पहिला देखिनै देखिरहेको डेल्टा भेरियन्ट नै हो, नयाँ हैन् । नेपालमा कोपा, अल्फा र डेल्टा गरी तीन वटा भेरियन्ट देखिएको छ । तर यी दुई भेरियन्ट भन्दा डेल्टा भेरियन्ट संक्रामक भने हुन्छ ।

Advertisement


कोरोनाको दोस्रो लहरमा यो भेरियन्ट देखिएको थियो । उक्त लहरमा डेल्टा, डेल्टा-प्लस भेरियन्ट देखिएको थियो । नेपालमा कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्टले निकै दुख दिएको थियो । यो भेरियन्टले धेरैलाई संक्रमित बनायो । बेड नपाउँने समस्यादेखि अक्सिजनको हाहाकार नै भयो । खोप नलगाएका व्यक्तिहरु कोरोना संक्रमणकाे उच्च जोखिममा रहेका छन् ।

खोप लगाउन लामवद्ध मानिसहरु


दोस्रो लहरमा कोरोना विरुद्धको खोप एक डोज लगाएकाहरु प्नि धेरै सुरक्षित भएको देखिएको छ । कोरोनाका लागि खोप नै उत्तम विकल्प हो । अर्को नेपालमा देखिएको नयाँ भेरियन्टको डेल्टा प्लसलाई पनि खोपले राम्रो काम गरेको छ । यसैगरी, बालबालिकाहरुमा पहिलो लहर भन्दा दोस्रो लहरमा संक्रमित हुने दर बढेको देखिएको छ । यो भाइरसले रुप फेदै आएको छ । विभिन्न अध्ययन हेर्दा बालबालिकाहरुमा तेस्रो लहरमा दुख दिने देखिन्छ । कोरोनाको तेस्रो लहर आउँदासम्म पनि खोप लगाउँने वातारवण त नआउँने हैन भन्ने चिन्ता पनि देखिएको छ ।


यदि कोरोनाविरुद्धको खोप लगाएको छैन् भने जो कोहीपनि तेस्रो लहरमा जोखिममा पर्छ । जति सक्दो छिटो व्यवस्थित रुपमा कोरोना बिरुद्धको खोप दिनुपर्छ । यदि खोप लगाउँने स्थानको व्यस्थित बनाउँनुपर्छ । नभए सोही स्थानबाट आउट ब्रेक हुने खतरा हुन्छ । पहिलो लहरमा संक्रमण भएर निको भएका थिए । उक्त समुह सानो छ । तर उनीहरु पनि संक्रमित भएको देखिन्छ । केही खोप लगाएकाहरु प्नि- संक्रमित भएका देखिएका छन् । तर हामी सजक हुनुपर्ने देखिएको छ । जो अहिलेसम्म संक्रमित भएका छैनन् । उनीहरु झनै सचेत हुनुपर्छ ।
यदि खोप लगाएमा संक्रमण नै नहुने त हुदैन् तर यदि संक्रमण हुदाँ जटिलता हुदैन् । अस्पताल बस्नुपर्ने र अक्सिजनको हाहाकार हुने अवस्था आउँदैन् । तर अरुलाई सार्ने दर बढी हुन्छ ।


सात आठ महिनाअघि संक्रमण भएको समुह चाही थोरै छन् । कहिले पनि संक्रमण नभएकाह्रुको पनि सिटी भ्यालु अरुलाई सार्न सक्ने देखिन्छ । खोप लगाएका पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्न छोड्नु भएन् । भने खोप नलगाएकाहरुले झनै सचेत हुनुपर्छ । विभिन्न देशमा डेल्टा भेरियन्टबाट नै धेरै मानिस सङ्क्रमित भैरहेकाले यो नयाँ म्युटेसनले पनि धेरै मानिसलाई सङ्क्रमण गर्न सक्ने देखिएको छ ।


(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.पुनसँग गरिएको कुराकानीमा आधारित )

प्रतिक्रिया