मुड चल्दा मात्र ब्रत बस्ने मञ्जु

तीज नजिकिँदै जाँदा लोक गायिका मञ्जु पौडेलको व्यस्तता बढ्थ्यो । दर्शक तथा श्रोताहरूका लागि नयाँ सांगितिक कोसेली पस्किने उनको बानी छुट्दैनथ्यो । सांगितिक कार्यक्रमका सिलसिलामा स्वदेशभन्दा विदेशमा उनको समय बित्थ्यो । नेपालमा राम्ररी तीज मनाउन पाएका थिएनन् ।
कोरोना महामारी सुरु हुनुअगाडि मञ्जुले जापान, कतार, भारतलगायत अन्य देशमा तीज मनाइन् । तीजको बेला परदेशमा रहँदा उनलाइ खासै नरमाइलो भने लागेन । नेपालीको बाक्लो उपस्थितिबीच नाँच्न, गाउन र रमाउन पाउँदा उनलाई बेग्लै आनन्द मिल्थ्यो ।

यसपाली मञ्जुका दर्शक तथा श्रोताहरूले उनका पुरानै गीतमा चित्त बुझाउनु पर्ने छ । कोरोना महामारीले मञ्जुको सपनालाई बिथोलेको छ । यो वर्ष समय त्यति राम्रो छैन । अघिल्लो वर्ष भने उनले तीजैमा…. भन्ने गीत बजारमा ल्याएकी थिइन् ।
‘अहिले बिरामी आमाको उपचार र रेखदेख गर्नु पर्ने जिम्मेवारी छ, दर्शकलाई नयाँ कोसेली पस्किन समय मिलेन, त्यो खालको मुड बनेन, यस्तो माहोलमा मन भएन,’ उनले भनिन्, ‘तीजपछि दोहोरी र लोकगीत पस्किने सोचमा छु ।’
मुड चल्दा मात्र ब्रत बस्ने
मञ्जु आफू आफ्नै नजरमा ‘मुडी खालकी’ छिन् । उनी मुड चल्दा मात्र ब्रत बस्छिन् । भोकभोकै ब्रत बस्नुपर्छ भन्ने उनलाई लाग्दैन । ‘कर्म ग¥यो भने फल पाइहालिन्छ नि,’ उनले सुनाइन्, ‘ब्रत बसेर मात्र फल पाइने होइन ।’ गुल्मी तम्घासमा जन्मिएकी मञ्जुलाई जन्मथलो पुग्दा आनन्द लाग्छ । घरपरिवार, साथी संगीसँगको भेटघाट, जमघटले रमाइलो बनाउँछ ।

गुल्मीमा तिज भव्य रुपमा मनाइन्थ्यो । रातिराति लालटिन बालेर दौतरीसँगै हुल बाँधेर पल्लो गाउँहरु थुम्का, डँडालीसम्म पुगेको सम्झना उनलाई अझै ताजै छ । नाँच गान र रमाइलो गर्ने बेला चारैतिर मञ्जुको हाइहाई हुन्थ्यो ।
किनकि उनको परिवार, मामाघरको माहोल नै पूरै सांगितिक थियो । उनकी आमा भगवतीले गीत गाउँथिन् । त्यसैको प्रभाव मञ्जुमा पनि देखियो । अर्कोतिर उनले अध्ययन गरेको जनबोध उमाविका शिक्षक नारद गौतमले गीत गाउन, नाच्न लगाउँथे । यसरीमा उनमा आत्मबल बढ्दै गयो । जीवनमा उनको नर्स बन्ने सपना त पूरा भएन । तर, लोकगायिका बन्न भने सफल भइन् ।
मिडियातिर मञ्जुको यात्रा
मञ्जुले सुरुवातमा तिनाउ र बुटवल एफएममा कार्यक्रम प्रस्तोताका रुपमा अनुभव बटुलिन् । लोक दोहोरी र महिला विशेष कार्यक्रम चलाउँदा चलाउँदै उनी गायिका बनिन् । राजधानी फर्किएपछि माउन्टेन टिभी र नेपाल टेलिभिजनमा उनले अनुभव बटुलिन् । मिडियाकर्मीबाट उनको पहिचान विस्तारै फेरियो । उनी आफूलाइ स्टेज पर्फमर भन्न रुचाउँछिन् ।

मञ्जु गायनसँगै स्टेज कार्यक्रममा उत्तिकै जम्न सक्छिन् । सांगितिक महोत्सवका क्रममा मुलुकका ४० भन्दा बढी जिल्ला घुमेकी उनी झण्डै एक दर्जन मुलुक पुगिसकेकी छन् । उनले सूदुरपश्चिमलाई सुन्दर पश्चिम भन्न रुचाइन् । भाषा, संस्कृति, पर्यटन र विविधताका हिसाबले उनलाई त्यस क्षेत्रले आकर्षित ग¥यो । विदेशमा जापान र सिंगापुरले उनलाई तान्यो । जापानीहरु मिलनसार बानी, अरुको आदर गर्ने रहेछन् ।
मञ्जु कार्यक्रमअनुसार पहिरन लगाउन रुचाउँछिन् । उनी सारीमा आफूलाई सेक्सी महशुष गर्छिन् । गाउन, वान पिस, कुर्ता, सलवार, पाइन्ट, टिसर्ट लगाउँदा सहज महशुस हुन्छ । उनी औँठी लगाउन र संकलन गर्न सौखिन छिन् ।

स्टेज प्रोगामका लागि बाहिर रुपमा सुन्दर देखिनु अपरिहार्य जस्तै ठान्छिन्, उनी । ‘पहिलो नजर त बाहिरी आवरणमै जान्छ नि ।’ उनले भनिन् ।
सामाजिक सञ्जालमा सक्रियता
मञ्जुले फेसबुकको इन्फोमा लेखेकी छिन्, म कहिल्यै हार्दिन, कि जित्छु, कि सिक्छु । उनीसँग गफिने हरेकलाई महशुस हुन्छ, उनी सकारात्मक सोच राख्ने व्यक्ति हुन् । उनीमा निरासा छाएको कहिले आभास हुँदैन ।
उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । घुमफिर, साथीभाइ, परिवारसँगको भेटघाट फोटोहरु उनले नियमित अपलोड गर्छिन् । टिकटकमा ३५ हजारभन्दा बढीले उनलाई फलो गरेका छन् । फेसबुकमा उनलाई फलो गर्नेको संख्या ६६ हजार ७ सय ८८ पुगिसकेका छँ । २ लाख ५ हजारभन्दा धेरैले लाइक्स भएको फेसबुक पेजमा उनी त्यत्तिकै सक्रिय छिन् । दर्शक तथा श्रोतासँग जोडिन सामाजिक सञ्जालले निकै सहयोग गरेको छ । फुर्सदमा उनी सामाजिक सञ्जालमै रमाउँछिन् ।

















निर्वाचनमा तीन दिन सार्वजनिक बिदा
सेयर बजारमा २१ अङ्कको सुधार, कारोबार रकम चार अर्ब नाघ्यो
मन्त्रिपरिषद्को बैठक जारी
निर्वाचनका लागि सुरक्षा चुनौती नदेखिएको उच्चस्तरीय सुरक्षा समितिको निष्कर्ष
कीर्तिपुरको चारघरेमा भगवान् विष्णुको मूर्ति स्थापना
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
हार्ने भएपछि रास्वपा चुनाव भाँड्न थाल्यो : एमाले
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
प्रतिक्रिया